शैलेश न्यौपाने
विराटनगर, भदौ १ गते । नाग पंचमी आज घरघरमा नाग देवताकाे पुजा गरि मनाउदै छन् ।
२०८३ सालको भदौ महिनाको १ गते सोमवार भगवान शिवको प्रिय वार त्यसमा आजै पर्न गएको “नाग पंचमि” भएकाेले गर्दा आजको दिन बिशेष छ आज एकाविहानै देखि ब्राह्मणहरु हातमा नागको चित्र अंकित फोटो लिएर यजमानका घर घरमा पुग्छन । नाग पंचमि हिन्दुहरु को लागी धेरै “महत्त्व बोकेको पर्व हो” । “भगवान श्रीकृष्ण ले श्रीमद्भगवद गीतामा” स्वयंम भन्नु भएकोछ “म सर्पहरुमा वासुकि हुँ र नागहरुमा शेष नाग हु “। त्यसै गर्दा नाग र सर्पहरु को ठुलो महत्त्व छ । “महाभारत कालमा पनि अर्जुनले नाग कन्या बिवहा गरेकै थिए” । “भगवान विष्णु जलमाथी शेषनागको शैयमा नागले बनाएकै छातामुनी शयन गर्द्छन” । “भगवान महादेव को श्रृङ्गारनै नागको माला हो “।
प्रथम “पुज्नीय भगवान गणेशको एक हातमै नाग छ” । त्यति मात्रै होइन” भगवान बिष्णुको दुबै अवतार श्रीराम र कृष्णका क्रमश भाई लक्ष्मण र कृष्णका दाई बलराम नै शेष नागका अवतार थिए” ।
त्यसैले गर्दा “सृष्टिकाल देखि , भगवान कृष्णले श्रीमद्भगवद गीतामा स्वयंम वताउँनु भएको छ कि कलियुगको अन्तमा समस्त ब्रह्माण्ड जलमग्न भएर सबै नासिन्छन । बोटबिरुवा, जनावरहरु, मनुष्यहरु तर कलियुगको अन्तिम र सत्ययुगको थाल्निमा पनि नाग सर्पहरु यहि ब्रह्माण्डमा जिवित हुन्छन” ।
साथै पर्यावरण संरक्षणमा पनि “सर्पको बिशेष भुमिका हुन्छ ” ।
सर्पले वायुमण्डलमा फैलिएका विषाक्त पदार्थ ग्रहण गर्छ । फलत बैज्ञानिकहरु कै दावी छ कि प्राणघातक रोग क्यानसरको औषधि पनि सर्पहरुको विषबाट बनाउन सकिनेछ भन्ने कुरा , “पुराणमा उल्लेख भएनुसार कश्यपको पत्त्नी कद्रुकका आठ सन्तान, बसुकि , तक्षक , कलिक्न, कर्कटक, पध, शंखाचुडा, महापध र धनञ्जय नाग हुन” ।
ज्योतिष शास्त्रीय मान्यतानुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्यको लागी साईतै हेर्नु पर्दैन । कुनै नयाँ घर निर्माण गर्दा भुमिमा नागदेवताको वास छ भने आजैको दिनमा विधिवत पुजा आजा गरी नागको दोष बाट मुक्त हुने धार्मिक बिश्वास छ । त्यसैले यि सव विविध पक्षबाट हेर्दा नागमा देवत्व हुने भएकोले यिनलाई नागदेव भनिन्छ ।
आजैको दिनले वर्षायाम समाप्त भएर हिउँद शुरु भएको मानिन्छ । आज नागदेवताको दर्शन गर्न नाग मन्दिर नै नपुग्न सके पनि शिवको मन्दिर , बिष्णुको मन्दिर त्यो पनि नभए घरमा भएको नागको फोटोमा भए पनि श्रीखण्डको चन्दन, कमलको सेतो फुल लाभा भुटेको पछिको फुल, दुध, दहि, सिन्दुर आदिले पुजा गर्दा त्यो घरमा चटयाङ नलाग्ने, आगो तथा सर्पको भय पनि नहुने र सर्पहरुका राजा नागदेवता पनि खुशि हुने र आशिर्वाद स्वरुप परिवारीक सुखसमृद्धि तथा त्यो घरमा धन धान्य हुने कुरा धार्मिक पुस्तकमा उल्लेख छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]