उराउँ समुदायका करम पूजा धुमधामका साथ सम्पन्न

विराटनगर, असाेज ११ गते । उराउँ समुदायका करम पूजा बडो धुमधामका साथ मनाएकोछ । पूजाको अवसरमा विषेश गरेर उराउँ जातिका मानिसहरुले भाई–बहिनी बीचको आपसी सद्भाव, स्नेह माया प्रेम लगायत कृषि क्षेत्रमा प्रकृतिसंग राम्रो फसलका लागि र आफ्ना छोराछोरीहरु एवं परिवारका सदस्यहरुको दीर्घ जीवन र उन्नती प्रगतिको कामना गर्दछन । करम पूजा उराउँ जातिका मानिसहरुले भाद्र […]

विवेककाे हत्या संलग्न दाेषीलाई कारवाही गर्न बाँतर समुदायको माग

विराटनगर, असाेज १० गते । महाेत्तरी जिल्ला भंगहा नगरपालिका वडा नं. ६ काे २४ वर्षिय विवेक सरदारको हत्यामा संलग्न दाेषीलाई अविलम्ब पक्राउ गरि कारवाही गर्न बाँतर समुदायको अगुवाहरूले माग गरेका छन् । अशाेक सरदार र आमा कुलदेवि सरदारकाे छोरा विवेक सरदारको गत भदौ २६ गते महोत्तरी जिल्लाकै बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा […]

१६ वर्षपछि संघकाे दोस्रो संस्करणको विराट टेड फेयर आयोजना हुने

विराटनगर, भाद्र २५ गते । विराट व्यापार संघ विराटनगरले १६ वर्षपछि दोस्रो संस्करणको विराट टेड फेयर आयोजना गरिने भएकाे छ । संघका अध्यक्ष प्रमाेद जिन्दल र विराट ट्रेड फेयर २०८३ काे संयाेजक श्यामलाल पौडेल (भवेष)ले पत्रकार सम्मेलन गरि तत्कालीन अध्यक्ष यादव पोखरेलको कार्यकालमा पहिलो विराट महोत्सव २०६७ सफलतापूर्वक आयोजना गरेको विराट टेड फेयर संयाेजक पाैडेलले […]

बीपी र विद्रोहका ती दिन पुस्तकमाथि विमर्श

विराटनगर, भाद्र ८ गते । धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ इलाम, नक्सलबारी, बिहार, बनारस’ माथि विमर्श गरिएको छ । विमर्श कार्यक्रममन वक्ताहरूले पुस्तकले बीपी कोइरालाको राजनीतिक यात्रा, विचार, विद्रोह र जेल जीवनका विभिन्न पक्षलाई समेटेको चर्चा गरेका थिए । कार्यक्रममा लेखक गौतमले पुस्तक बीपी कोइरालाको जीवनी नभई आफ्नै अनुभव र बीपीका […]

आज र भोलि दुईदिन पुत्रदा एकादशी

शैलेश न्यौपाने विराटनगर, भाद्र ७ गते । आज र भोलि ८ गते सोमबार दुईदिन पुत्रदा एकादशी पर्न गएको छ । भोली वैष्णवहरुले व्रत लिनेे दिन हो फलत केहीले आज व्रत बसेका छन् । त्यसैले गर्दा आज श्रावण शुक्ल पक्षमा पर्ने एकादशी ” पुत्रदा एकादशी” नै हो । आजको कथा महात्त्मयका बारे राजन युधिष्ठिरको कौतुलतालाई चिर्दै […]

सीमा नजिकैबाट सोमालियाली नागरिक पक्राउ

विराटनगर, भदौ २ गते । रौतहटसँग जोडिएको नेपाल-भारत सीमा नजिकै वैद्यनाथपुर क्षेत्रबाट एक सोमालियाली नागरिकलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) को २०औँ बटालियन, भङ्गहाको टोलीले काफी अली उर्फ हासी अलीलाई सोमबार साँझ नियन्त्रणमा लिएको थियो। भारतीय बजार घोडासहनबाट बस चढेर वैद्यनाथपुर पुगेका उनी सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा देखिएपछि सुरक्षा […]

नाग पंचमी आज घरघरमा नाग देवताकाे पुजा गरि मनाउँदै

शैलेश न्यौपाने विराटनगर, भदौ १ गते । नाग पंचमी आज घरघरमा नाग देवताकाे पुजा गरि मनाउदै छन् । २०८३ सालको भदौ महिनाको १ गते सोमवार भगवान शिवको प्रिय वार त्यसमा आजै पर्न गएको “नाग पंचमि” भएकाेले गर्दा आजको दिन बिशेष छ आज एकाविहानै देखि ब्राह्मणहरु हातमा नागको चित्र अंकित फोटो लिएर यजमानका घर घरमा पुग्छन […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]