
विराटनगर, भाद्र ८ गते । धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ इलाम, नक्सलबारी, बिहार, बनारस’ माथि विमर्श गरिएको छ ।
विमर्श कार्यक्रममन वक्ताहरूले पुस्तकले बीपी कोइरालाको राजनीतिक यात्रा, विचार, विद्रोह र जेल जीवनका विभिन्न पक्षलाई समेटेको चर्चा गरेका थिए । कार्यक्रममा लेखक गौतमले पुस्तक बीपी कोइरालाको जीवनी नभई आफ्नै अनुभव र बीपीका विचार तथा आदर्शलाई पछ्याउँदै गरेको यात्राको अभिव्यक्तिलाई समेटिएर पुस्तक तयार गरिएको वताए ।
उहाँले आफूले बीपीका विचारलाई पछ्याउने र त्यसलाई आफ्नो ढंगले अनुवाद गर्ने प्रयास गर्दै आएको उल्लेख गर्दै लेखक गौतमले भने पुस्तक कुनै रहर वा पूर्वयोजना अनुसार लेखिएको होइन, राजनीति र साहित्यसँग निरन्तर जोडिइरहने क्रममा पुस्तक तयार गरेको छ । पुस्तकमा बीपीले अघि सारेको एकता र मेलमिलापको नीतिलगायतका विषयलाई चर्चा गरिएको उहाँले दावी गरेका थिए ।
लेखक गौतमले वर्तमान समयमा समाजवाद चुनौतीका रूपमा रहेको उल्लेख गर्दै समाजवादको विचारलाई कांग्रेसबाट हटाइए नयाँ पुस्ता कांग्रेसतर्फ आकर्षित हुने आधार कमजोर बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।
पुस्तकका विषयवस्तु, बीपीको राजनीतिक दर्शन, विद्रोहको चेतना तथा वर्तमान राजनीतिमा बीपीका विचारको सान्दर्भिकताबारे समेत छलफल गरिएको कार्यक्रममा साहित्यकार विवस पोखरेल, वरिष्ठ पत्रकार मोहन भण्डारी, प्राध्यापक विष्णु पोखरेलले बीपी कोइरालामा विद्रोहको चेतना रहेको र त्यसको प्रभाव पुस्तकका विभिन्न प्रसंगमा देखन सकिने चर्चा गरेका थिए ।
बीपीको विद्रोहको यथार्थ र त्यसको परिकल्पना व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेको धारणा व्यक्त गर्दै पुस्तकमा बीपीको जेल जीवनदेखि राजनीतिक यात्रा सम्मका विषय समेटिएकाले यो इतिहास बुझनका लागि नयाँ पुस्ताका युवक लगायत सबैले पढ्नुपर्ने पुस्तक रहेको लेखकको टिप्पणी थियो । विमर्श कार्यक्रम नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]