
विराटनगर, श्रावण २६ गते । लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पिट र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई आजै पक्राउ गरेको हाे । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-८ बाट भारत फारविसगंज घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएका ३२ बर्षीय अवदेश सिंह र इटहरी- ३ का २९ बर्षीय सरोज काफ्ले रहेकाेछ
उनीहरूकाे साथबाट १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद भएकाे छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]