रामनारायण ठाकुर
मिर्चैया, श्रावण २७ गते । सिरहाको मिर्चैया नगरपालिका-६ मटियर्वा श्री आधारभूत विद्यालयमा शिक्षा दान अभियानद्वारा शैक्षिक, सरसफाइ तथा खेलकुद सामग्री वितरण गरिएको छ।
स्थानीय युवा नेता अमित कुमार साहको विशेष पहलमा ध्रुव नेपाल शिक्षा दान अभियानले विद्यालयलाई विभिन्न शैक्षिक, सरसफाइ तथा खेलकुद सामग्री उपलब्ध गराएको हो।
मधेस प्रदेशका पूर्वसांसद नरेश कुमार यादवको प्रमुख आतिथ्य तथा ध्रुव नेपाल शिक्षा दान अभियानका संयोजक ध्रुव कुमार साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा शिक्षा प्रेमी एवं खेलकुद प्रशिक्षक रामनारायण साह, मिर्चैया नगरपालिका–६ का वडा अध्यक्ष रामप्रकाश महासेठ, विद्यालयकी प्रधानाध्यापक रन्जु कुमारी यादव, ब्याडमिन्टन खेलाडी तथा समाजसेवी नन्दकिशोर साह (किरण), वडा सदस्य सुभाष न्यौपाने, पहलमान तथा राष्ट्रिय कुस्तीका गोल्ड मेडलिस्ट भरत कुमार यादवलगायतको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामग्री वितरणले विद्यार्थीहरूको शैक्षिक गतिविधि तथा खेलकुद क्षेत्रमा थप सहयोग पुग्ने आयोजकले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]