विराटनगर, श्रावण २८ गते । अन्तराष्ट्रिय युवा दिवस २०२६ ‘फरक सन्दर्भ साझा आकाक्षाँ’ का साथ विराटनगरमा भव्य रुपमा मनाएका छन् ।
विराटनगर महानगरपालिका भित्र रहेका १३ वटा भन्दा बढी संघ संस्थाहरुको पदाधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया बुधवार सम्पन्न गरेको हो ।
उक्त अन्तरक्रिया कार्यक्रमा जेसिस, लियो क्लवऔफ बिराटनगर, यूनाईटेड सोसाईटी अफइनोबेसन, भिजन मेड तयारी कक्षा, एलाईन्स युवाक्लब, नेपालयुथ फिटनेस केलेस्थेनिकस, युथ फर ब्लड, तेरापंथीयूवा परिषद जस्ता संस्थाका ६ दर्जन भन्दा बढिको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डाक्टर सुजन बाबु मराठाले अन्तराष्ट्रिय यूवा दिवसले विश्व भरीका यूवाहरुलाई एक ठाउँमा जम्मा गरी छलफल अन्तरक्रिया गर्ने अवसर भएकोले सो अवसरको सदुपयोग गर्दै यूवाहरु एक भएर विश्व निर्माणमा लाग्नु पर्ने वताए ।

कार्यक्रमका अतिथि, विशिष्ठ अतिथिहरुले आ-आफ्नो संस्थाको गतिविधी र अगामी दिनमा कसरी मिलेर जाने विषयमा विचार व्यक्ति गरेका थिए ।
सोही अवसरमा यूवा जीवनमा ध्यानको आवश्यकता तथा सबैको परिवेष फरक भएपनि साझा आकाँक्षा रहेको वक्ताहरुले वताए । कार्यक्रमको संचालन युवा प्रभागका सदस्य ब्रह्म कुमार राजिव कर्णले गरेका थिए ।
काेशी प्रदेश भरी भएकाे कार्यक्रममा १५ सय जनाभन्दा वढीको सहभागीता रहेको ब्रह्माकुमारी युथ विभागका क्षेत्रिय सह संयोजक व्रहम कुमारी वृन्दा दिदिले जानकारी दिएका थिए । ब्रह्मकुमारी यूवा प्रभाग विराटनगरले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश की मुख्य संचालिका ब्रह्मकुमारी गीता दिदिको अध्यक्षतमा भएको थियो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]