विराटनगर, असाेज ११ गते । उराउँ समुदायका करम पूजा बडो धुमधामका साथ मनाएकोछ ।
पूजाको अवसरमा विषेश गरेर उराउँ जातिका मानिसहरुले भाई–बहिनी बीचको आपसी सद्भाव, स्नेह माया प्रेम लगायत कृषि क्षेत्रमा प्रकृतिसंग राम्रो फसलका लागि र आफ्ना छोराछोरीहरु एवं परिवारका सदस्यहरुको दीर्घ जीवन र उन्नती प्रगतिको कामना गर्दछन ।


करम पूजा उराउँ जातिका मानिसहरुले भाद्र महिनाको शुक्लपक्ष एकादशी अर्थात पूर्णिमाका दिन मनाउने परम्परा रहेको छ । करम पूजाको अवसरमा विषेश गरेर उराउँ जातिका मानिसहरुले भाई–बहिनी बीचको आपसी सद्भाव, स्नेह माया प्रेम लगायत कृषि क्षेत्रमा प्रकृतिसंग राम्रो फसलका लागि कटहरी गाउँपालिका–५ मा करम पूजा महोत्सव मनाएको हो।
उराउँ जातिले आफ्ना परम्परालाई जिवित राख्नका लागि प्रत्यक वर्ष भाद्र महिनाको शुक्लपक्ष एकादशी अर्थात पूर्णिमाका दिन करम पूजा मनाउँदै आएका छन् । करम पुर्खा प्रतिक एउट करमको रुख हो । करम पूजामा उराउँ जातिका मानिसहरुले आफ्नै लयमा गाउने बजा बजाउने र नाचने, पूजा गर्ने चलन रहेको नेपाल उराउँ झागंड कोरेन गुठयार केन्द्रीय कार्यालय, सुनसरीका संस्थापक महासचिव बाबुराम उराउँको भनाई छ ।


करम पूजा गर्दा विभिन्न प्रकारका फलफुल, पकवान लिएर करमको रुखमा गएर पूजा आजा गरी त्यसपछि करमको हंगा काटेर पुनः खेतमा विराजमान गराएर पूजा गर्ने परम्परा रहेको यस दिन करमको रुख वा हंगालाई खेतवाडीमा रोपिन्छ ।
त्यसपछि त्यही रुखलाई पुर्खाको प्रतिक सम्झैर उनीहरु पूजाअर्चना गर्ने परम्परा रहेको छ । करम अर्थात उराउँ जातिका पुर्खा दयालु स्वभावका थिए । समाज र राष्ट्रका लागि अहोरात चिन्तन, मनन गर्ने एक धार्मीक महापुरुष उराउँ जातिका पुर्खा रहेको किम्दन्ति छ । करम पूजामा विभिन्न फलफूल र विभिन्न प्रकारका पकवान बनाएर पूजा गर्ने चलन रहेको छ ।
उराउँ जातिका पुर्खा कर्मा करमले समाजका लागि आजका दिन विरगति प्राप्त गरेकाले उनीहरुको स्मरणगर्दै करम पूजा गरेको समाजका अगुवा विष्णु उराउँ र महोत्सवका संयोजक दिलिप उराउँको भनाई छ ।
उराउँ जातिका मानिसहरु भाई बहिनी बीचको आपसी सद्भाव, स्नेह माया प्रेम लगायत कृषि क्षेत्रमा प्रकृतिसंग राम्रो फसलका लागि र आफ्ना छोराछोरीहरु एवं परिवारका सदस्यहरुको दीर्घ जीवन र उन्नती प्रगतिको लागि भाकल गर्ने पनि चलन रहेको उहाँहरुको भनाई थियो ।


करमले जहिले पनि समाजका हरेक व्यक्तिहरुलाई सद्कर्मको शिक्षा दिने गरेको कविदन्तीे छ । उराउँ जातिको धर्म संस्कृति संरक्षण गर्ने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले प्रतिवद्धता जनाए । यता उराउँ जातिले करम पूजालगायत आफ्नौ संस्कृतिलाई जोगाउन गरिएको यो कार्यक्रम निकैने सराहनीय रहेको कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले प्रशंसा गरे ।
उनीहरुको यो संस्कृतिलाई राज्यले सुचिकृत गर्नुपर्नेमा उहाँले जोड दिदै उराउँ जातिको संस्कृति र भाषाको जर्गैना, तर्फ प्रदेश सरकार जहिलेपनि अग्रभागमा रहने उहाँले प्रतिवद्धता जनाए । उराउँ जाति मोरङ, सुनसरी,सप्तरी झापामा संदियौंदेखि वसोवास गर्दै आईरहेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]