विराटनगर, असाेज १२ गते । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन भीमनगरमा नेपालका एपिफ र भारतका एसएसवी सुरक्षा बलका अधिकारी बीच समन्वयका लागि बैठक सम्पन्न भएकाे छ ।
भारतका एसएसबी ४५औं बटालियनको भीमनगर कम्पनी कार्यालय स्थित चेक पोस्टमा आयोजित बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्था, अवैध गतिविधि रोकथाम, सूचनाको तत्काल आदान-प्रदान र संयुक्त कारबाही जस्ता विषयहरूमा छलफल गरिएकाे थियोे ।
बैठकमा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा हुने विभिन्न गतिविधिसँग सम्बन्धित सूचनाहरू समयमै साटासाट गर्न जोड दिदै शंकास्पद व्यक्ति र गतिविधिसँग सम्बन्धित जानकारी तत्काल आदान-प्रदान गरी सीमा सुरक्षामा ध्यान दिने सहमति भएकाेछ ।
त्यसैगरी अवैध आवत-जावत र तस्करीमा प्रभावकारी रोक लगाउन दुवै सुरक्षा निकायहरू बीच अझ राम्रो तालमेल तथा सूचना संयन्त्रलाई मजबुत बनाउने विषयमा पनि छलफल समेत भएकाे थियाे ।


सीमा क्षेत्रमा मानव तस्करी, लागुऔषध तस्करी र अन्य अवैध गतिविधि रोकथामकाे विषयलाई प्रमुख प्राथमिकतामा राखी छलफल भएकाे थियो।
दुई देशकाे सुरक्षाको लागि संयुक्त गस्तीलाई अझ प्रभावकारी र नियमित बनाउने तथा शंकास्पद गतिविधिको जानकारी प्राप्त भएपछि दुवै पक्षबीच समन्वयका साथ कारबाही गर्ने व्यवस्था मजबुत बनाउने विषयमा पनि छलफल भएकाे थियो ।हालको बाढीको अवस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्थासँगै राहत र उद्धार कार्यको तयारीको पनि समीक्षा गर्दै आपतकालीन अवस्थामा दुवै देशका सुरक्षा बलहरू बीच तत्काल सम्पर्क र सहयोगको व्यवस्थालाई अझ राम्रो बनाउन जोड दिएकाे थियो ।
अधिकारीहरूले भने कि बाढी जस्तो परिस्थितिमा कानुन-व्यवस्था कायम राख्नुका साथै प्रभावित मानिसहरूसम्म राहत तथा उद्धार कार्य पुर्‍याउन आपसी समन्वय गर्ने भएकाेछ ।
बैठकमा नेपाल एपिएफका तर्फबाट चौथो बटालियनका एसपी लावा के सापकोटा, छैटौं बटालियनका एसपी नवीन सिंह राय, हरिपुरका डिएसपी फुरजी शेर्पा, इन्स्पेक्टर बिन्दुर कार्की र इन्स्पेक्टर नरेन्द्र सिंह चेसर लगायत अन्य अधिकारीहरूको सहभागिता थियो।
त्यसैगरी एसएसबीका तर्फबाट कार्यवाहक कमाण्डेन्ट जगदीश कुमार शर्मा, सहायक कमाण्डेन्ट राहुल कुमार, इन्स्पेक्टर राघव कुमार झा र सब-इन्स्पेक्टर विपिन कुमार झाकाे उपस्थित थिया ।
दुवै पक्षले भविष्यमा पनि यस प्रकारका समन्वय बैठकहरू नियमित रूपमा आयोजना गर्न सहमति जनाउदै नेपाल-भारत सीमामा सुरक्षा, सूचना आदान-प्रदान र आपसी सहयोगलाई अझ मजबुत बनाउने सहमति भएकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]