
जनकपुरधाम, श्रावण २४ गते । जनकपुरधामस्थित सामाजिक संस्था श्री राम युवा कमिटीको १७औँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
सिहले श्रीराम युवा कमिटीले सामाजिक, धार्मिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
युवाहरू समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै युवाको ऊर्जा, क्षमता र नेतृत्वलाई सकारात्मक तथा रचनात्मक काममा परिचालन गर्न सके समाजमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने सिहकाे भनाई थियो ।
उनले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन युवा पुस्ताको भूमिका अझ प्रभावकारी हुनुपर्ने भन्दै श्रीराम युवा कमिटीले लामो समयदेखि सामाजिक सद्भाव, धार्मिक आस्था, संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको कामले जनकपुरधामको पहिचानलाई थप समृद्ध बनाउन सहयोग पुगेको बताए। आगामी दिनमा कमिटीले अझ व्यवस्थित र प्रभावकारी ढंगले सामाजिक सेवाका गतिविधि अघि बढाउने विश्वाससमेत व्यक्त गरे।
“समाजलाई सही दिशामा अघि बढाउन युवाको सक्रिय सहभागिता अपरिहार्य छ। श्री राम युवा कमिटीले युवालाई एकताबद्ध गर्दै सामाजिक सेवाको क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय छ,” सिंहले भने।
सिंहले नयाँ कार्यसमितिलाई विगतका राम्रा कामलाई निरन्तरता दिँदै संस्थाको गरिमा, सामाजिक उत्तरदायित्व र जनविश्वासलाई थप उचाइमा पुर्याउन आग्रह गरे। साथै, सामाजिक तथा जनहितका अभियानमा आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
निर्वाचनबाट विजयकुमार साह तेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्षमा शिव ठाकुर सोनार, उपाध्यक्षमा दीपककुमार साह, महासचिवमा सुभाषचन्द्र साह, सचिवमा लोकेश्वर झा तथा कोषाध्यक्षमा विनय साह निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा अमर ठाकुर, सन्दीपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह कानु (गोपाल), धर्मेन्द्र साह र सुदीपकुमार भण्डारी निर्वाचित भएका छन्।
निर्वाचन समितिका प्रमुख निर्मलकुमार चौधरीका अनुसार कुल ३५८ मतदातामध्ये २३३ जनाले मतदान गरेका थिए।
शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, युवा तथा कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको उद्देश्य र सामाजिक जिम्मेवारीलाई आत्मसात् गर्दै श्री राम युवा कमिटीलाई अझ सक्रिय, एकताबद्ध, व्यवस्थित र जनमुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]