राजेश कुमार राजवंशी
विराटनगर, फाल्गुण १५ गते । सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वडा नं. २ मा रहेको तालतलैयामा पूर्वकै सबैभन्दा ठूला इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको छ ।
संसारको प्राय सबै ठुलो सहरहरुमा मनोरञ्जनका लागि सरकारको लगानीमा पार्क निर्माण गरिएको हुन्छ । तर नेपालको मुख्य सहरहरुमा समेत पार्कको कमी रहेको महसुस गर्दै निजी लगानीमा इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको छ ।
उक्त पार्क ६ बिघा छेत्रफलमा पार्क सन्चालनमा ल्याएको छ । वाटर पार्कमा पानीसंग खेल्ने अत्याधुनिक ८ वटा वाटर सलाइट राखिएका छन । एक सलाइटमा एकै पटक आठ जना मानिसहरु खेल्न सकिन्छ । इपी ल्यान्ड एन्ड वाटर पार्कमा दिन भरिमा पाँच हजार जनाले अवलोकन गर्न सकिन्छ ।
सोपार्कमा पुल वेभ पुलमा ६ सय जना अट्ने गरि राखिएको छ । पार्कको पुलमा बसे पछि समुद्रको छालमा बसेको आनन्द लिन सकिन्छ । पार्क भित्र बोटिङ गर्दै डाइनोसर प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ ।
पार्कमा जिप लाइन टावरमा एक टावर देखि अर्को टावर सम्म डोरिमा चिप्लिएर खेल खेल्न बाल क्लाइम्बिङ हिउँबाट आनन्द लिने वाटर पार्क ल्याएको छ । पार्क भित्र रेस्टुरेन्ट, बबै क्यु, लन्च वा डिनरका लागि फाइन डाइनिङ हुने छ । फास्ट फुटका लागि अर्को रेस्टुरेन्ट ईन्डियन फुटकोर्ट र आइस्क्रीमको पनि पारलर रहनेछ ।
वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार मानिसहरु पार्कमा आउने लक्ष्य लिएको छ । तीस करोडकोआफनै लगानीमा इपी वाटर पार्क निर्माण गरिएको छ । सरकार बाट विद्युत शुल्क तिर्ने कुरा भइरहेको वाटर पार्कको संचालक जगतबहादुर बस्नेतले जानकारी गराउनु भयो ।
पार्कका पुर्व एआइजी कृष्ण बस्नेत, पुर्व डिआइजी ज्ञान बिक्रम साह, इटहरी उद्योग वाणिज्य संघ को अध्यक्ष भिमबहादुर पौडेल र काठमाडौ वि पि ल्यान्ड एम्युजमेनट वाटर पार्कका संचालक जगतबहादुर बस्नेतको संयुत लगानीमा इपी ल्यान्ड एन्ड वाटर पार्क सन्चालनमा ल्याएको छ ।
वाटर पार्कको सम्पुर्ण निर्माण कार्य २०७६ साल चैत मसान्तमै भई सकेको थियो । कोभीड १९ को कारण पार्क संचालनमा ल्याउन सकेको थिएन । इपी ल्यान्ड एन्ड वाटर पार्क विधिगत उद्घान यही फाल्गुन १७ गते संस्कृति पर्यटन तथा नागरिक उडायन मन्त्री भानुभक्त ढकालले गर्ने भएको छ । सा कुरा वाटर पार्कको अध्यक्ष भिमबहादुर पौडेल जानकारी गराएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]