विराटनगर, श्रावण ८ गते । औषधी पसलमा अबैध रुपमा औषधी विक्री वितरण गरेको गोप्य सूचनाका छापा मारी गरी तीन जानालाई पक्राउ गरेका छन् ।
मोरङको बेलवारी नगरपालिका वडा नं. ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेकोमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी नगर पालिका ५ शिबजी चौधरी र धरान उपमहानगर पालिका वडा नं. १७ का किसनलाल थारुलाई पक्राउ गरिएको छ ।
सो टेक्निकल क्लिनिकबाट टरमाडोल क्याप्सुल आईपी ५० एमजी को १३ हजार ६ सय क्याप्सुल, डेकोलिक २ हजार क्याप्सुल, स्पासमो २ सय ८० क्याप्सुल, एण्टीकोफ ७ सय ५० क्याप्सुल, एसिडोल १ हजार क्याप्सुल, प्रेगासफ्ट ९ सय ६० क्याप्सुल रहेका छन् ।
त्यसैगरी एसपासपीन ४ हजार क्याप्सुल, प्रगालिन २ सय क्याप्सुल, सरगिडोल १ सय ८० क्याप्सुल, कोफटेव २ सय ३० क्याप्सुल साथै औषधी किन्ने शिबजी चौधरीको साथबाट स्पाइपेइन ४० क्याप्सुल तथा किसनलाल थारुको साथबाट प्रेगासफ्ट १० क्यापसुल र कोटाफ १० क्याप्सुल बरामद गरिएको छ ।
अबैध औषधी सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]