झापा, बैशाख २६ गते । झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न डिलरलाई बुझाईएको छ ।
सो ग्यास सिलिण्डरहरु गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको थियो ।
उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १ सय २१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको थियो ।
उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत प्रहरी कार्यालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]