बिराटनगर, असार ८ गते । मोरंग जिल्लाको सुनवर्सी नगरपालिका वडा नं. ८ विश्वकर्मा चौकबाट लागु औषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरील पक्राउ गरेका छन् ।
घटनाको विवरण अनुसार मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगर पालिका वडा नं. ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।
सोमबार प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवार रहेको प्र.न.१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाईकल सहित पक्राउ गरिएको हो ।
त्यसै गरी सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा सोमवार नै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।
दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी उनीहरुको साथबाट डाईजेलेव १० पिस, फेनारगन १०÷१० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]