बिराटनगर, भदौं ७ गते । पारिवारिक विवाद मिलाउन भदौ ३ गते विहीवारका दिन छिमकीमा गएको मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं.६ भण्डारी टोल बस्ने बर्ष ३३ को रविन तामाङसंगै अन्य तीन जनालाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।
तामांङ्गसंगै पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं. वडा नं. ६ भण्डारी टोल बस्ने बर्ष २५ को संजय तामाङ, बर्ष ३० को आईतराज तामाङ, बर्ष ४० को भाग्य बम्जन रहेका छन् ।
घटनाको विवरण अनुसार रविन तामांङ्गले श्रीमतीसँग पारिवारिक वादविवादमा छिमेकीहरू मिलाउन जाँदा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ६ भण्डारी टोल बस्ने बर्ष ४५ को धनराज लिम्बु र बर्ष ५५ को दुर्गा बहादुर कार्कीलाई ती ब्यक्तिहरूले लाठीले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
घाईतेहरुलाई स्थानिय अस्पतालमा उपचार पश्चात थप उपचारको लागि विराटनगर महानगरपालिका वडा नं. २ स्थितमा रहेको विराटनगर अस्पताल ल्याईएकोमा उपचारको क्रममा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ६ भण्डारी टोल बस्ने बर्ष ४५ को धनराज लिम्बुको शनिवार मृत्यू भएको थियो ।
घाईते सोही ठाउँ बस्ने बर्ष ५५ दुर्गा वहादुर कार्की स्थानिय साझा अस्पताल मिक्लाजुङमा उपचार पश्चात घर फर्की सामान्य अवस्था छ ।
उक्त वारदातमा संलग्न व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा दिन ८ (आठ) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]