संखुवासभा, फाल्गुन १६ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण गरेकाे छ ।
निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री हुनु पर्ने वताए ।
त्यसैगरी प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]