विराटनगर, बैशाख १७ गते । सफारी र सफारीको व्याट्री चोरी गरको आरोपमा विराटनगरवाट तीन जनालाई प्रहरीले पक्राउ गरका छन् ।
घटनाको विवरण अनुसार बिराटनगर महानगरपालिका वडा नं. ६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले श्ुक्रवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिराटनगर महानगर पालिका वडा नं. ८ को २२ बर्षीय मोहमद जुमन, वडा नं. ११ को ३४ बर्षीय मोहमद अन्सारुल र वडा नं. १२ को २२ बर्षीय पवन रविदास रहेका छन ।
वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका वडा नं. ६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको थियो ।
त्यसैगरी अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]