जय प्रकाश महतो
बिद्यायलयको परिचय ः– बिराटनगरको दक्षिण भेगमा मजदुरहरुले बसोवास गरेको क्षेत्र हुन् । यसै क्षेत्रमा नेपालको राजनीति सत्ता परिवर्तनको लागि मजदुरहरुको माध्यमबाट मजदुर आन्दोलनको शुरुवात गरिन्थ्यो । यस क्षेत्रलाई मिल्स एरिया रानी बिराटनगर भनिन्छ । यस भुगोलको भूमिहीन वर्ग, मजदुर, भंसार मजदुर, विपन्न समुदायको छोरा छोरीहरुको उच्च शिक्षाको लागि वि.स. २०११ सालमा श्री जन बिकास प्राथमिक विद्यालयको स्थापना ३ कठ्ठा १९ घुरजग्गा हाल बिराटनगर महानगरपालिका वडा नं. १५ मा ग¥यो । वि.स. २०१३ सालमा श्री ५ को सरकार शिक्षा विभागबाट स्वीकृत प्राप्तभई हर्ष उल्लास तथा उत्साहका साथ कक्षाहरु संचालन हुन थाल्यो ।


स्थानियबासीको अथाह माया र सहयोगको कारण दिन प्रतिदिन बिद्यार्थीको संख्या बढदै गएको थियो । तर केहीवर्ष यताको अवस्था सन्तोषजनक नरहेको स्थानिय वासीको भनाई रहेको छ ।
अहिले सो विद्यालयमा सस्र्फुत बिद्यार्थी भर्ना भईरहेको छैन् किन ? बालकक्षा देखी कक्षा ७ सम्म थोरै विद्यार्थी संख्याको बारेमा किन व्यवस्थापन र अभिभावक समितिको ध्यान पुगेन् ? सो विद्यालयको शैक्षिक गुणस्तर घटनुको मुख्य कारण के के हुन् ? यसको बारेमा बृहत छलफल र अनुसन्धान गर्नु पर्ने देखिन्छ । के यहाँको शिक्षक र प्रशासन जिम्मेबार हुन् ? वा यस विद्यालयको व्यवस्थापन र अभिभावक समिति ? बिगत ५ वर्षको तथ्यांकलाई अध्ययन गर्ने हो भने २०७४ सालमा पहिलो स्थानिय चुनावबाट जितेका स्थानिय जनप्रतिनिधिहरुले शैक्षिक गुणस्तर सुधार गर्न किनपहल गरेन् ? किनमजदुर, विपन्नको छोराछोरीहरु सरकारी स्कुलमा आधुनिक स्तरको शिक्षा हासिल गर्न सकेन् ? बि.स. २०११ सालमा स्थापना भएको स्कुलले आफनो लक्ष्य पुरा गर्न किन असफल भए ? बिराटनगरको धरोहरको रुपमा स्थापना भएको विद्यालयको अवस्था यस्तो किन ?
मोरंग जिल्ला क्षेत्र न.ं ५ को संघ सांसद माननीय शिवकुमार मंडल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य, पोलिटव्योरो सदस्य र पुर्व मन्त्री हुनुको साथै प्रभावशाली नेता पनि हुन् । तर पनि सो विद्यालयको गुणस्तर नबढनुको कारण के ? अर्को मोरंग ५(ख) प्रदेश सांसद माननीय जयराम यादव जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य, हाल प्रदेश नं. १ को स्वास्थ्य मन्त्री, दुई दुई पटक पनि सांसद बन्दा पनि सो विद्यालयको प्रगति हुन नसक्नुको मुख्य जिम्मेवारी लिनु पर्ने हो कि होईन् ? मधेश र मधेशीको नाममा त कहिले मजदुरको नाममा आन्दोलन गर्दा पनि त्यस भुगोलको व्यक्तिहरुको छोरा–छोरीले गुणस्तर शिक्षा हासिल गर्न नपाउने ? किन ति नेताहरुले बिशेष ध्यान दिन सकेन् ? विद्यार्थीको बुवा आमाबाट बिभिन्न नाममा आन्दोलन गर्न लगाउने, छोराछोरीलाई शिक्षाबाट बंचित गराउने किन ?


माथिको तथ्यांकलाई बिश्लेशन गर्ने हो भने यहाँको अवस्था दयनिय र कमजोर रहेको स्पष्ट छ । यस बिद्यालयको भौतिक र शैक्षिक दुवै क्षेत्रलाई तत्काल सुधार गरी मजदुर, गरिव, किसान, सुकुम्बासीहरुको छोरा–छोरीहरुको शिक्षालाई पनि मुल्यांकन गर्नु पर्ने देखिन्छ । बिराटनगर महानगरपालिकाको शिक्षा बिभागले तत्काल ध्यान दिई केही महत्वपुर्ण निर्णय लिनु पर्ने देखिन्छ । साथै वडा जनप्रतिनिधिहरुले बिशेष चासो लिनु पर्ने र शिक्षाको गुणस्तर बढाउनु पर्ने बिषयमा आ–आफनो योगदान गर्नु पर्ने देखिन्छ ।
यहाँस्कुलको फोटो राख्नु
बिद्यायलयको अवस्था ः– श्री जन बिकास माध्यमिक विद्यालय बिराटनगर महानगरपालिका–१५ को बर्तमान अवस्था निकै दयनिय र कमजोर रहेको छ । शिक्षा क्षेत्रमा भएको चौतर्फी बिकासले यस विद्यालयलाई भवन निर्माण बाहेक अरु कुनै अवसर नपारेको स्पष्ट देखिन्छ । बिराटनगरको अन्य सरकारी बिद्यालयमा रहेको भौतिक संरचना, प्रविधि, सुविधा श्री जन बिकास मा.वि.मा परिकल्पना गर्न सकिदैन् । आजभन्दा १० वर्ष पहिला विद्यार्थीको भर्ना संख्या राम्रो उल्लेखनिय रहे पनि अहिले बिभिन्न कारणले बिद्यार्थीको संख्या घटदो क्रममा रहेको छ ।
१) बि.स.२०६७मा +२, व्यवस्थापन र शिक्षा स्वीकृत कक्षा संचालनभएको तर १३ वर्ष बिति सक्दापनि१०+२शिक्षकको दरबन्दीनदिएको ।
२) शौचालयको अवस्था निकै दयनिय रहेको ।
३) छात्र, छात्रा र शिक्षकशिक्षिका सबै एउटै शैचालय प्रयोग गरिरहेको ।
४) प्र.अ, कर्मचारी, शिक्षकको कोठा एउटा मात्र रहेको ।
५) १०+२ सम्म संचालन रहेको बिद्यालयमा १ थान सम्म पनि कम्पयुटर, प्रिन्टर नरहेको ।
६) कार्यालय संचालनको लागि अति आवश्यक सामग्रीहरु नरहेको ।
७) दिन प्रतिदिन बिद्यार्थीको संख्या घटदै गएको ।
८) कक्षा कोठामा बिजुलीको तार सम्म नगएको ।
९ं) अभिभावक संघ अहिले नरहेको र व्यवस्थापन समितिले कुनै भुमिका नगरेको ?
१०) बिद्यार्थीहरुको लागि डेस्क, बेन्च र कार्यालयको लागि फर्निचर आबश्यकता अनुसार नरहेको ।
११) कुनै प्रकारको थप कार्याक्रम हुन नसकेको ।
१३) पुस्तकालय र बिज्ञान प्रयोगशाला नरहेको ।
१४) अहिले पनि कालोपाटीमा नै कक्षा संचालन रहेकोले ह्वाइटवोर्ड को अभाव रहेको ।
१४) बालकक्षा संचालन रह ेपनि बालकक्षालाई चाहिने सामग्रीहरुको अभाव रहेको ।
१५) यस विद्यालयको लेखापरिक्षण आ.व. २०७६ं÷०७७, आ.व. २०७७÷२०७८ को हुन नसकेको ।
१६) छात्रबृति र खाजाको फर्छौट नभएको ।
१७) शुन्य व्यालेन्समा विद्यालय संचालन भएको ।
१८) प्राईभेट स्कुलमा अध्यापन गराई रहेको बिद्यार्थीको शुल्क वाँकी रहेको कारण अभिभाबकले सरकारी समुदायिक बिद्यालयमा भर्ना गर्न नसकेको अवस्था ।
अवतत्काल गर्नु पर्ने कामहरु ः
१) +२, व्यवस्थापन र शिक्षाकक्षा संचालन गर्नको लागि कम्तिमा २ जना शिक्षकको तत्काल दरवन्दी दिनु पर्ने । यसको लागि बिराटनगर महानगरपालिकाको वडा नं. १४, १५, १७ र १८ जनप्रतिनिधिहरुले बिशेष चासो लिनु पर्ने । ति वडाका जनप्रतिनिधिहरु, समाजसेवीहरु, प्रदेश सासदहरु, उधोगीको पहल गर्न गराउन नागरिक समाजले मुख्य भुमिका निर्वाह गर्नु पर्ने देखिन्छ ।
२) शौचालय मर्मत गर्नु पर्ने र छात्र, छात्रा र शिक्षक शिक्षिकाको शैचालय अलग–अलग बनाउनु पर्र्नेे ।
३) प्र.अ, कर्मचारी÷लेखाशाखा, शिक्षकको कोठा एउटा मात्र रहेकाले तत्काल अलग–अलग बनाउनु पर्ने भएकोले साधन स्रोतको व्यवस्था महानगर शिक्षा विभागले गरी दिनु पर्ने देखिन्छ ।
४) १०+२ सम्म संचालन रहेको बिद्यालयमा १ थान सम्म पनि कम्पयुटर, प्रिन्टर नरहेको हुनाले तत्काल उपलव्ध गराई दिनु पर्ने देखिन्छ ।
५) दिनप्रतिदिन बिद्यार्थीको संख्यामा बृद्धि हुनुको सट्टा घटीरहेको हुनाले यसलाई रोक्न नागरिक समाज र अभिभावक समाजले बिशेष पहल गर्नु पर्ने देखिन्छ ।
६) कुनै पनिकक्षा कोठामा बिजुलीको तार समेतको वायरिंग सम्म नभएकोले तत्काल वायरिंग गरी पंखा जडान गर्नु पर्ने देखिन्छ ।
७)बिद्यार्थीहरुको लागि डेस्क, बेन्च, ह्वाईट वोर्ड कार्यालयको लागि फर्निचरहरु अति आवश्यक रहेकोले तत्काल उपलव्ध गराई दिनु पर्ने देखिन्छ ।
८) बालकक्षा संचालन रह ेपनि बालकक्षालाई चाहिने सामग्रीहरुको तत्काल उपलव्ध गराउनु पर्ने देखिन्छ ।
९) यस विद्यालयको आ.व. २०७६ं÷०७७ र आ.व. २०७७÷०७८ को लेखापरिक्षण तत्काल गराउन महानगर शिक्षा बिभाग पहल गर्नु पर्ने । छात्रबृति र खाजाको फर्छौट नभएको कारण के हो ? यसको बारेमा बिशेष चासो राख्नु पर्ने देखिन्छ ।
१०) शुन्य व्यालेन्समा विद्यालय संचालन रहेको अवस्थामा यसलाई तुरुन्त पहल हुनु पर्ने देखिन्छ ।
११) पुस्तकालय र बिज्ञान प्रयोगशालाको व्यवस्था मिलाउन सम्बन्धीत शाखाले विशेष ध्यानदिनु पर्ने देखिन्छ ।
१२) प्राईभेट स्कुलमा अध्यापन गराई रहेको बिद्यार्थीको शुल्क वाँकी रहेको कारण अभिभाबकले सरकारी बिद्यालयमा भर्ना गर्न नसकेको अवस्थाको बारेमा वृहत छलफल गरी निकास निकाल्नु पर्ने देखिन्छ ।
अन्तमा महानगर शिक्षा बिभागल गायत सम्बन्धीत सबै निकायले रचनात्मक भुमिका खेलोस् भन्ने बिषय माध्यान आकर्षण गराउन चाहान्छु । लेखक नेकपा (एमाले) महानगर कमिटी बिराटनगरका सह सचिव एवं शिक्षा बिभाग, प्रमुख हुन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]