बिराटनगर, कार्तिक ९ गते । हराएको मोटरसाईकल फेलापारी सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेकोछ
बिराटनगर महानगरपालिका वडा नं. १४ बस्ने जीत बहादुर श्रेष्ठको को ३७ प ४८१० नं. को मोटरसाईकल आफ्नै घरमा पार्कीङ गरी राखेको अवस्थामा हराएको थियो ।
माेटरसाईकल हराएकाे सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रानी तथा मातहत समेतबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले खोज तलास गर्ने क्रममा जिल्ला मोरङ बिराटनगर मनपा १७ लाईन क्वाटर स्थितमा वेवारीसे अवस्थामा फेलापारीएकाे थियो ।
उक्त माेटरसाईकल सवारी धनी जीत बहादुर श्रेष्ठलाई जिम्मा लगाएकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएकोछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]