विराटनगर, भदौ २८ गते । नेत्र ज्योती संघ, पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल रानीले १४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेका छन् ।
१४ औं वार्षिकोत्सव समरोहका प्रमुख अतिथी प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय पर्शुराम खापुङले दियोमा बत्ती बालेर समारोहलाई उद्घाटन गर्देै भने नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेर सगरमाथा चौधरी आँखा अस्पताल लहान र बिराटनगर आँखा अस्पताल रानी विराटनगरले गरेको योगदानको चर्चा गर्दै देश भित्र र देश वहिरका नेत्रहीनहरुलाई उपचारको माध्यमवाट पुन ः संसार देखाउने उच्च सामाजिक कार्य भएको वताए ।
सरकारले सबै काम गर्न सक्दैन । समाजका धेरैजसो सामाजिक कार्यहरु समाजिक व्यक्तित्वहरुले नै गर्ने भएकोले त्यसता व्यक्ति र संस्थाहरुलाई सरकारले सहयोग गर्नु पर्ने विचार औल्याएका थिए ।


उक्त कार्यक्रममा डा. रक्षा पन्तले आँखा अस्पतलाले दिई रहको सेवा, सुविधा र कार्यक्षेत्रको बारे जानकारी गराएका थिए । सोही अवसरमा अस्पतालवाट गराइएको खेलकुदमा प्रथम र द्धितीय स्थान हासिल गर्ने टिम र खेलाडीहरुलाई समेत सम्मान गरेका थिए ।
सोही अवसरमा सुनसरी जिल्लाको दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारलाई प्रमाण पत्र र दोसल्ला ओढाएर प्रमुख अतिथीले सम्मानित गरेका थिए । सो अवसरमा गच्छदारले आफू जनप्रतिनिधी भएपछि सवै वडाहरुमा स्वास्थ्य चौकीहरु स्थापना गर्दा त्यती खुशी भईन तर हाम्रो नगरभित्रका गरीब दुखीहरुले विराटनगर आँखा अस्पतलामा उपचार गराई कालो चश्मा लगाएर संसार हेरी रहेको देख्दा साह्ै खुशी लागेको अनुभव सुनाए । दुहवी नगरपालिकाले आँखा अस्पतालसंग सहकार्य गरी दुहवी नगरपालिका सबै वडा वासीको आँखा उपचार निशुल्क गराउने गरका छन् ।
उक्त समारोहमा उद्घोषण कुमार पृतुले गरेका थिए । विराटनगर आँखा अस्पतालको व्यवस्थापक पद्म नारायण चौधरीको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]