विराटनगर, कात्तिक ३ मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यवस्त रहेको छ ।
पोखरेल मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रम छर्दै हिँडिरहँदा पोखरेल भने सो क्षेत्रको चौतर्फी विकासका लागि स्थानीय सरोकार र आवश्यकताका विषयमा सुझाव संकलन गरिरहेको छ । उनले जनतासँग कार्यान्वयन गर्न सक्ने सुझावहरु लिइरहेका छन् ।
केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्ने प्रभावशाली नेता, देशभरीमा सवैभन्दा धेरै पार्टी सदस्य रहेको र प्रदेश १ को राजधानी रहेको मोरङ जिल्लाको पार्टी अध्यक्ष समेत भएकाले पोखरेलको राष्ट्रिय राजनीतिमा पनि प्रभाव रहको छ । उनकै नेतृत्वमा मोरङमा सांगठ निकरुपमा एमाले निकै शक्तिशालि छ ।
२०७४ सालको निर्वाचनमा मोरङमा केही पालिका मात्र जितेको एमालेले पोखरेलकै नेतृत्वमा गत ३० वैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा जिल्लाका अधिकांश पालिका र वडाहरु जित्न सफल भएको छ ।
रतुवामाई नगरपालिका–५ उल्लुघुटु घर भएका पोखरेल स्थानीय समस्यासँग जानकार नेता हुन् । उनी सो क्षेत्रमै लोकप्रीय र प्रभावशाली नेता हुन् । पोखरेल २०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्यनरत छँदै सो विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएर राजनीतिमा लागेका हुन् ।
त्यसपछि इटहरा माविबाट एस. एल. सि उतिर्ण भएका पोखरेल सो विद्यालयमा अध्यनरत हँदा अखिलको प्रारम्भिक कमिटिको सचिव रहेर काम गरे । सानैदेखि गाउँको विकासमा चासो राख्ने उनै पोखरेल पछि महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भए ।


उनले ०४६ सालको आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिव भएपछि अग्र मोर्चामा रहेर आन्दोलनको कमाण्ड सम्हालेका थिए । यस विचमा विद्यार्थीका हक अधिकारका सवालमा आवाज उठाउँदै विद्यार्थी राजनीतिमा होमिएका उनी पार्टीका विभिन्न संगठनमा रहेर समेत गाउँको विकास निर्माण र समाज सुधारमा अग्रसर बनिरहे ।
पोखरेल अखिलको मोरङ जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष, कोशी अञ्चल कमिटीको सचिव र अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य समेत भए । उनी २०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियू सभापति हुदै स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बन्न सफल भए ।
पछी विद्यार्थी राजनीति छाडेर पार्टीको राजनीतिमा जिल्ला कार्यालय सचिव भएर काम गरे । ५ कार्यकाल नेकपा (एमाले) मारङको जिल्ला कमिटि सदस्य भएका उनै पोखरेलले पार्टीको २ कार्यकाल सचिव भएर काम गरेका छन् ।
त्यसपछि माओवादी केन्द्रसँग पार्टी एकता पश्चात बनेको तत्कालिन नेकपा मोरङको अध्यक्ष र सर्बोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्व अवस्थामै फर्किदा अध्यक्षमा निरन्तरता पाए । त्यसको केही समयपछि २०७८ साल पुस २३ र २४ गते विराटगरमा सम्पन्न एमाले मोरङको नवौँ अधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
सहकारी आन्दोल, विभिन्न सामाजिक कार्यमा संलग्नसँगै विभिन्न तहको पार्टी नेतृत्व र जिम्मवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका उनै पोखरेल २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । उनी संविधान निर्माण पश्चात बनेको संविधानसभा सदस्यहरुको संगठन संविधासभा परिषदको संस्थापक महासचिव समेत हुन सफल भए ।
दोस्रो संविधानसभाको निर्वाचनमा साविकको क्षेत्र नं. १ तथा हालको क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री आमोदप्रसाद उपाध्यायलाइ अत्याधिक मत अन्तरले पराजित गर्दैै उनी निर्वाचीत भएका थिए ।
निर्वाचन जितेपनि संविधानसभाको बैठक बाहेक अन्य समयमा स्थानीय जनताका माग संविधानमा संबोधनका लागि गाउँमै पुगेर सुझाव संकलन गरिरहन्थे । अर्को अर्थमा उनी प्राय गाउँकै जनतासँग विकास निर्माण सँगै सुखदुखमा सँधै घुलमिल भइरहन्थे र हालसम्म पनि हुँदै आएका छन् ।
संविधानसभाले संविधान निर्माण गरेपश्चात रुपान्तरित संसाद भएपछी उनले धेरै बजेट सो क्षेत्रमा खन्याउन सफल भएर अझ उनको लोकप्रीयता चुलियो । उक्त बजेटबाट अहिले प्रयाप्त मात्रामा सो क्षेत्रमा विकासको पूर्वाधार तयार भएको स्थानिय रमेश सिंह बताउँछन् ।
संविधानसभाको सदस्य हुँदा संविधान निर्माणको जिम्मा जनताले सुम्पिएकाले सो बमोजिमको दायीत्व उनले पुरा गरेरै छाडे । संविधानसभामा र त्यसपछि रुपान्तरित संसदमा सवैभन्दा बढी किसान, मधेशी, महिला, दलित, मुस्लीम, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालमा आवाज उठाउने मात्र नभई आफ्नो क्षेत्रका समस्या र जनताका मागहरु खरोरुपमा प्रस्तुत गरे ।
संविधानसभा सदस्य हुँदा पनि सो क्षेत्रको चौतर्फी विकासका लागि धेरै काम गर्दासमेत सस्तो लोकप्रीयताका लागि उनी कहिल्यै प्रचारमुखि बनेनन् । राजनीतिक ‘स्टन्ट’ र प्रचारमुखि भन्दा पनि जनताको प्रतिनिधिका रुपमा कामप्रती पोखरेल विश्वास गर्छन् ।
त्यसैले उनले गरेको कामको प्रचार हुन नसक्दा त्यसको फाइदा विपक्षीले लिए भने पोखरेलको पहल कदमीमा भए गरेका कामको जस पनि विपक्षीले नै लिन खोजेको देखिन्छ ।
सो क्षेत्रमा निकै लोक प्रिय भएपनि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल कांग्रेस नेता मिनेन्द्र रिजालसँग प्राविधिक कारणले थोरै मतान्तरले पराजित भएका थिए ।
निर्वाचनमा प्राविधिक कारणले पराजित भएपनि उनी आफ्नो समाज भन्दा पर रहेनन् । पोखरेल पार्टी संगठनका काम र स्थानीय जनसरोकारका विषयमा जहिल्यै अघि सर्दै आएका छन् । उनी निरन्तर सो क्षेत्रका गतिविधिमा सकृय सहभागिता जनाउँदै आएका छन् ।
चुनाव जितेर गाउँ नफर्किने नेताका अगाडी चुनाव हारेर पनि पोखरेल सँधै समाजसँगै रहेर सो क्षेत्रको चौतर्फी विकासमा लागि पर्दै आएका छन् । त्यति मात्र होइन जनताका हरेक सुखदुखको साथी पनि पोखरेल बन्दै आएका छन् ।
सोही क्षेत्रका स्थानीयवासी रहेका पोखरेल जनतासँग सँधै घुलमिल हुने, जनताकोबिचमै रहने र उक्त क्षेत्रको विकास निर्माण तथा सामाजिक कार्यहरुमा सँधै अग्रसर हुदै आएका छन् । सोही कारण पोखरेलले यसपटकको निर्वाचन जित्नैपर्ने स्थानीय मतदाताहरु बताउँछन् । ‘यहाँको सवै भुगोल, हामी जनताका समस्याहरु बुझेकै जनप्रतिनिधि नहुँदा के हुँदो रहेछ भनेर हामीले यो ५ वर्षमा देख्यौँ, त्यसको परिणाम पनि भोगिसक्यौँ ।’ सुनवर्षीका स्थानीय दिनेश मण्डल भन्छन्,‘पाँच वर्ष अगाडी गरेको गल्ती दोहर्याउने पक्षमा अब हामी छैनौँ । यसपटक ऋषिकेश पोखरेललेनै जित्नुपर्छ । हामी जिताउँछौँ ।’
त्यस्तै अर्का स्थानीय सरिता घतानी पाँच वर्ष अघिको निर्वाचनमा ठुलो गल्ति भएको पुष्टि भइसकेकाले यसपटक त्यस्तो गल्ति गर्न नहुने बताउँछिन् । ‘हामीले काठमाडौंबाट आएको ठुलो नेताले ठुलै विकास पो गर्लान कि भनेर जिताएर पठायौँ ।’ उनले भनिन्,‘तर, परिणामा त उल्टो भयो । अब गाउँकै मान्छे, जतिबेला पनि सम्पर्क गर्न सक्ने, हामीले लागि गर्न सक्ने, सिधै गुनासो गर्नसक्ने उम्मेदवारलाईनै जिताउनुपर्छ भन्नेमा हामी छौँ।’
स्पष्ट र प्रखर वक्ता रहेका पोखरेल कहिल्यै विवादमा नमुछिएका नेता हुन् । बौद्धिक, सरल र बैचारिक नेताको पहिचान बनाएका पोखरेललाई विपक्षी पार्टीका नेता कार्यकर्ताले समेत रुचाउँछन् । उनले विपक्षी दलका नेता कार्यकर्ताहरुको समेत सहानुभूती पाउँदै आएका छन् ।
उम्मेदवार पोखरेल आफ्नो समाजको पहुँच जनप्रतिनिधिसँग कायम गराउन, समाजलाई बलियो बनाउन र समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएकाले जनताको साथ आफुलाई रहने बताउँछन् । ‘२०४८ साल यताको सवै निर्वाचनमा यो क्षेत्रबाट अरुलेनै जित्नुभयो । मैले ३ वर्ष संविधानसभा सदस्य बनेर काम गर्ने मौैका पाएँ ।’ उनले भने,‘जुन पार्टीले ३० वर्ष लगातार जित्यो, त्यो र मैले ३ वर्षमा गरेको कामको तुलना गरौँ । कति भए त्यो सवै देख्न सकिन्छ ।’
उनले लगातार ३० वर्ष अरु दलका उम्मेदवारलाई हेरेका स्थानीय जनताले अब आफुलाई पाँच वर्षको लागि मात्र अबसर दिएर हेर्न आग्रह गरेका छन् । ‘अरुको ३० वर्ष त हेरिएकै छ । म मेरो समाज बदल्न चाहन्छु । मेरो समाजमा परिवर्तन ल्याउन चाहन्छु ।’ उनले भने,‘अब एक पटक आगामी पाँच वर्षको लागि मलाई अबसर दिएर परिक्षा गर्नका लागि आग्रह गर्न चाहन्छु ।’

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]