विराटनगर, श्रावण २९ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा १ सय १५ कोरोन संक्रमित थप भएसंगै संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ ।
प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरंगमा मात्रै ८८ जना संक्रमित थप भएको छ । कोरोना संक्रमित थप भएकोमा ८३ पुरूष र ३२ जना महिला रहेको प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रदेश नं. १ राजधानी विराटनगर महानगर पालिका भित्र ६० जना नयाँ संक्रमित थप भएको छ । जसमा ३८ जना पुरुष र २२ जना महिला रहेको छ ।
मोरंको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएकोे छ जसमध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ ज्ना, बुढीगंगा गाउँपालिका वडा नं. २ को, ३ जना, र वडा नं. ७ को १ जना रहेका छन् । कटहरी गाउँपालिकामा ३ कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदश नं. १ कै सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष र ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमणवाट मृत्यु हुनेको संखया १० पुगेको छ । मृत्यु हुनेमा दुई जना प्रदेश नं. २ को रहेको छ भने ८ जना प्रदेश नं. १ को रहेको छ ।
प्रदेश नं. १ वाट २२ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]