विराटनगर, मंसिर १५ गते । नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजनामा एनवाईएफ आइडिया कन्टेन्स हुने भएकाे छ ।
नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले युवाहरुलाई उद्यमशिलता विकास तर्फ उन्मुख गराई स्वरोजगारका माध्यमबाट राष्ट्रिय आर्थिक विकासमा टेवा पुयाउने उद्देश्यका साथ स्थापना कालदेखि उद्यमशिलता विकास प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको आईरहेकाेे छ ।
उद्यमशिलताको प्रारम्भ विचारबाट हुन्छ अभिप्रायका साथ विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी युवाहरुको नया सोच र विचारहरुलाई पिच गराई व्यसायीक रुपान्तरमा सहयोग पुऱ्याउने उद्देश्यका साथ NYEF Idea Contest 2022 कार्यक्रम आयोजना गर्न लागिएको हाे ।
कार्यक्रममा आमन्त्रित गरिएको कलेजबाट वढीमा २५ जना विधार्थीहरुलाई सहभागि गराई मंसिर १६ गते पहिलो शेशन आयोजना गरिने छ भने मंसिर २३ गते हुने अन्तिम चरणका लागि पहिलो शेशनबाट १२ जना विद्यार्थी छनौट गरिनेछ ।
प्रत्येक विद्यार्थीलाई आफनो आईडिया पिच गर्न १० मिनेटको समय दिईनेछ । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यत्तित्वहरु जजको रुपमा रहनु हुनेछ ।
युवाहरुलाई उद्यमशिलता विकासमा टेवा पुयाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा स्विस कन्ट्याक्ट उद्योग संगठन मोरङ र आसमान नेपालको सहकार्य रहेक छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]