विराटनगर, पौष ८ गते । प्रतिनिधीसभा र प्रदेशसभाको सदस्यहरुले आ–आफ्नो मातृभाषामा सपथ ग्रहण गर्न पाउने भएपछि सामाजिक सांस्कृतिक अभियान कर्मीहरु गर्भ महसुश गरेका छन् ।
नेपाल सरकारको संघीय संसद सचिवालयले २०७९ पौष ४ गते र प्रदेश सरकारको प्रदेशसभा सचिवालय २०७९ पौष ५ गते प्रकाशित गरेको शपथ ग्रहण कार्यक्रमको सूचना अनुसार नेपालमा बोलिने मातृभाषाहरूमा जनताबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीयहरुले शपथ ग्रहण गर्नको लागि गरेको सूचना प्रशंसनीय रहेको भन्दै नेपाल पिछडा वर्ग (ओविसी) महासंघ केन्द्रिय महासचिव जय प्रकाश महतोले प्रेस विज्ञप्ती प्रकाशित गरी दुवै सचिवालयलाई धन्यवाद दिएका छन् ।
विज्ञप्तीमा अगाडी भनिएको छ हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता रहेको प्रमाणित गर्दछ । सबै भाषा, संस्कृति र भेषभूषाको सम्मान गरेको छ । नेपाल सरकारको सघीय संसद सचिवालय र प्रदेश सरकारको प्रदेश सभा सचिवालयलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्र एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको छ ।
बहुजातिय, बहुभाषिय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता विचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवधन गर्दै वर्गीय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक स्वतन्त्रताले सम्मान पाएको र लोकतन्त्रको महसुस आम नेपाली जनतालाई गराएको छ । तसर्थ, सबै प्रतिनिधि तथा प्रदेश सभा सदस्यका माननीयहरुले आ आफ्नो सास्कृतिक पहिरणमा उपस्थीत भई आ– आफ्नो मातृभाषामा शपथ ग्रहण गर्न विज्ञप्ती मार्फत अनुरोध गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]