विराटनगर, पौष १२ गते । छोरीको खुट्टा भाचेको वेला रुपियाँको आवश्यकता परेकोले आफ्नो नाम दर्ता रहेको जग्गा मिटर ब्याजीको श्रीमती नाममा राजीबनामा गरी मिटर ब्याजमा लिएको कर्जाको साँवा र ब्याज तिरी सक्दा पनि जग्गा फिर्ता नगरेको एक महिलाले आरोप लगाएकी छिन् ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला मोरंग विराटनगर महानगर पालिका वडा नं. १४ भागवत्ती चौक, महतो टोल बस्ने भौमा महतोकी श्रीमति शान्ति देवी महतोले सोही टोल बस्ने नारायण प्रसाद साह गुप्ताकी श्रीमती सुन्दरी देवी साह गुप्तालाई सो आरोप लगाएकी छिन् ।
शान्ति देवी महतोले छोरी सोनी महतोको खुट्टा भाँचिदा उपचारको लागि रुपियाँको आवश्यकता परेकोले सो रुपियाँ खोज्दा महिनाको ५ प्रतिशत मिटर व्याजमा १ लाख ५० हजार लिई महतोले आफ्नो नाम दर्ता रहेको साविक जतुवा कटकुप्पा वडा नं. ३ (क) त्यसपछि विराटनगर–१८ हाल विराटनगर–१४ को कित्ता नं. ३६४६ को जग्गा ०-०-१० धुर जग्गा २०७२ साल असोज २१ गते सोही ठाउँ बस्ने अमरिका कुमारी रायलाई राजीनामा गरी दिएका थिए ।
नौ महिनापछि रायलाई महतोले ब्याज वापत ९५ हजार तिरेपछि राईले भने मलाई पैसाको आवश्यकता परेको छ त्यसैले मेरो साँवा रकम पनि फिर्ता गर आफ्नो जग्गा लिउ भने पछि आफ्संग रुपैया नभएकोले सोही ठाउँ बस्ने नारायण प्रसाद साह गुप्तावाट १ लाख ५० हजार लिई सो सो रुपियाँ अमरिका कुमारी रायलाई बुझाई रायको नामबाट सो जग्गा सिधै नारायण प्रसाद साह गुप्ताको श्रीमति सुन्दरी देवी साह गूप्ताका नाममा २०७३ साल अषाढ १४ गते राजीनामा पास गरेको पिडित महतोले पत्रकार सम्मेलनमा बताइन । सो कुरा सही भएको पत्रकार सम्मेलनमा उपस्थित रहेकी अमरिका कुमारी रायले समेत वताइन ।
मिटर व्याजी गुप्ताको रकम साँवा व्याज विभिन्न वित्तिय संस्थावाट ऋण लिएर पहिलो पटक १ लाख ५० हजार, दोस्रो पटक १ लाख ५० र तेस्रो पटक १ लाख ३५ हजार गरी जम्मा ४ लाख ३५ हाजर बुझाएपछि तपाईका ऋण सिध्यो भन्दै सुन्दरी देवी साह गुप्ताको श्रीमान् नारायण प्रसाद साह गुप्ताले एउटा कोपीको पानामा रकम बुझेको कागज हो भनेर लेखेर दिएका थिए । म अनपढ भएकोले विश्वासको आधारमा कागज राखे केही दिन पछि आफ्न्तलाई कागज पढ्न लगाउँदा बुझेको रकम उल्लेख गरको छ तर मिति र हस्ताक्षर नगरीएको कागज रहेको महतोले वताईन ।
महतोले भने बारम्बार गुप्तासंग जग्गा फिर्ता गर्न आग्रह गरे तर उनी आलटाल गर्दै बहना देखाउँदै जग्गा फिर्ता गर्नुको सट्टा मेरो श्रीमान भोमा महतो विरुद्ध सुन्दरी देवी साह गुप्ताले वहाल रकम दिलाई घर खाली गराई पाउँ भनी २०७८ अषाढ २८ गते मोरंग जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाको २०७८ फागुन १५ गते भएको फैसलामा सो मुद्दा खारेज भएको र सो उपर उच्च अदालतमा मुद्दा चलि रहेको वताए ।
जिल्ला अदालतमा मुद्दा समेत हारिसक्दा पनि उच्च अदालतमा पुनरावेदन गरको छन् । गुप्ताले जग्गा फिर्ता गर्नुको सट्टा बारम्वार घरखाली गर्न घाकधम्की गाली गौलोच गर्दै आएका छन् । जग्गा फिर्ता गराई दिन निवेदन सहित इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिन जाँदा तिम्रो कुनै पनि प्रमाण नभएको र लेनदेन मुद्दा हर्ने नमिल्ने भन्दै प्रहरी प्रमुखले फिर्ता पठाएको भन्दै रुदै मेरो पुरै परिवार विच्चलीमा परेको वताए । महतोको परिवारमा सो जग्गा र घर बाहेका अरु कुनै पनि सम्पति रहेको छैन ।
सोही पत्रकार सम्मेलनमा उपस्थित सोही टोलमा बस्ने उमेश चौधरीको श्रीमति सिता चौधरीले भने मेरो नाउँको पनि १३ धुर जग्गा गुप्ताको नाउमा पास गरेर १ लाख ५० हजार लिएको थिए । ३/४ वर्ष पहिले मेरो पनि जग्गा फिर्ता नगरी बैमानी गरको आरोप समेत लगाएका थिए ।
गप्ताले मिटर ब्याजमा रुपियाँ लगानी गर्ने र ऋणीको जग्गा आफ्नो श्रीमतिका नाममा पास गरी ब्याज र साँवा लिने र जग्गा फिर्ता समेत नगरेपति दर्जनौ पिडित भएको चौधरीले वताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]