विराटनगर, फागुन २ गते । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले फागुन ११ गते देखि खुवाउने हात्तीपाईले रोग विरुद्धका औधषी निर्धक्क भएर खान आम जिल्ला वासीहरुलाई आग्रह गरका छन् ।
उक्त आग्रह हात्तीपाईले रोग विरुद्ध खुवाउने औषधी र हात्ती पाईले रोगको वारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश मेहताले गरेका हुन् ।
हात्ती पाईले विरुद्धका औषधी किन खाने त प्रश्नमा अहिले औषधि खायो भने तपाई भित्र हात्तीपाईलेका परजीवीहरु मर्छन पछि हात्तिपार्यले लाग्दैन र हात खुट्टा, स्तन सुनिदैन र तपाईका शरिरमा भएका हात्तीपाइलेको परवीवी तपाईकै घरका अरु सदस्यलाई पनि सर्दैन मेहताका भनाई थियो ।
मोरंग जिल्लाभरी ११ लाख २२ हजार ९ सय ५७ व्यक्ति हात्तीपाईले रोग विरुद्धका औषधी खान योग्य रहेको ती मध्ये ८० प्रतिशत अर्थात करीब ८ लाख जनालाई औषधी खुवाउने लक्ष्य लिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङले फागुन ११ गतेदेखि जिल्ला भरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहत्ताले पत्रकार सम्मेलन गरेर जिल्ला भरीका ११ लाख जनसंख्यामध्ये ८ लाख अर्थात कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढि नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जानकारी गराए ।
हात्ती पाईले रोग विरुद्धका औषधी अहिले सम्म ११ पटक खुवाई सकेको छ तर पास भएका छैनौ यस पालि अन्तिम पटक औषधी खुवाउन लागिएको हो त्यसकार ८० प्रतिशत व्यक्तिलाइ औषधी खुवाएर पास हुनु छ यस कार्यलाई सफल वनाउन नागरिक समाज, पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता, पालिकाहरुका जनप्रतिनिधी लगायत सम्पुर्ण स्वास्थ्यकर्मी लगायत आम जनसमुदायलाई मेहताले आग्रह गरका छन् ।
हातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन भन्ने प्रश्नमा दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले औषधी सेवन गुर्न हुँदैन मेहताले वताए ।
हात्तीपाईले रोग विरुद्धका औषधी खुवाउन पालिकाहरुको स्वास्थ्यकर्मी, स्वयमसेविका लगायत करीब २ हजार जनशक्ति परिचालन गर्ने भएको छ । हात्तीपाईले रोग विरुद्धको औषधी फागुन ११ गते विराटनगरको ट्रफिक चौक एक कार्यक्रमका आयोजना गरी शुरुवात गरिने छ । औषधी खुवाउने कार्यक्रम २ हप्ता सम्म संचालन गर्ने भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]