विराटनगर, श्रावण १४ गते । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत विराटनगर महानगरपालिका वडा नं. ८ कार्यालयले डेंगी खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ ।
डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ ।
डेङ्गी रोगको सम्भावित महामारीको तयारी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट अभियान अन्र्तगत टोल संगठनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, वडाका सरोकारवाला व्यक्तिहरु, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखिकरण गरिएको वडा नं. ८ अध्यक्ष राम पोखरेलले जानकारी गराउनु भयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाका स्वास्थ्यकर्मीहरुले डेङ्गी रोग र यसका रोकथामका उपायहरुबारे सचेतना बारे जानकारी गराएको थियो ।
विराटनगर–८ का विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल संगठनहरुसँग समन्वय गरी टोल–टोलमा डेङ्गी खोज तथा नष्ट अभियान सञ्चालन गरिने भएको छ । वडा अध्यक्ष पोखरेलका अनुसार विराटनगर–८ मा हालसम्म डेङ्गी रोगबाट कुनैपनि व्यक्ति संक्रमित भएको छैन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]