राजेश कुमार राजवंश

विराटनगर, असोज १६ गते । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई एकै दिन चारवटा संस्थाले स्वागत तथा सम्मान गरेका छन् ।
सामुदायिक प्रहरी केन्द्र तीनपैनीले स्वागत गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी पौडेललाई सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीका साथै थारू कल्याणकारी सभा विराटनगर समिति, श्रीहरि सत्संग समिति नेपाल र आदिवासी जनजाति महासंघ कटहरीले संयुक्त रूपमा स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पौडेलले आफ्नो जिम्मेवारी र कर्तव्य बिनास्वार्थ पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रमको अतिथीको रुपमा ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी अधिकृत सुमन न्यौउपने, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष पूर्व प्रहरी उपरीक्षक विद्यानन्द माझी, सल्लाहकार समाजसेवी नन्दकिशोर राठी, श्री हरि सत्संग समितिका अध्यक्ष भीखम चन्द सरल , सामुदायिक प्रहरी कार्यसमिति सदस्य समाज सेवी लगायतको उपस्थिति रहको थियो ।
सो कार्यक्रम सामुदायिक सेवा केन्द्रकी सभापति मीना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]