विराटनगर, कार्तिक १६ गते । ‘हमर संस्कृति, हमर पहिचान, थारुके एकता आजुके आवश्यकता, थारुके एकता हमर सियाके प्रतिबद्धता’ का साथ थारु कल्याणकारणी सभा (थाकस) विराटनगर महानगरपालिका कार्यसमितिले महान चाड वडा दशैं, गोठाले, दिपावली (शुखरात) तथा छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना लागायत विविध कार्यक्रम गर्न लागेको छ ।
थाकसको विराटनगर महानगर पालिकाका कार्य समितिका सभापति विद्यानन्द माझीले नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा पत्रकार सम्मेलन गरी कार्तिक १८ गते शनिवारका दिन शुभकामना आदान–प्रदान लगायत अन्य विविध कार्यक्रम गर्ने वताए ।
सोही कार्यक्रममा १६ बर्षदेखी ३० वर्ष उमेर समुहका थारु युवायुवतीको ५ किलोमिटरको सडक दौड प्रतियोगिता, थारु समुदायबाट एसईई र स्नातक तह उतीर्ण गर्ने मेधावी विद्यार्थी लाई पुरस्कार र सम्मान वितरण, मोरङ जिल्लाका थारु राष्ट्र सेवक बहालवाला र पूर्वकर्मचारी सहित बैंक, बित्तिय संस्था, प्राध्यापक, शिक्षक, ईन्जीनियर, डाक्टर, थारु साहित्यकार, लेखक, खेलाडी, व्यापारी सहित दिवंगत भएका अभियन्ताहरु, मोरङका पूर्व सभापतिहरुलाई समेत सम्मान गरिने माझी जानकारी गराए ।
त्यसैगरी थारु समुदाय भित्रका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै बृहत खुल्ला रक्तदान समेत गर्ने भएको छ । दौड प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दुतीयलाई ३ हजार तृतीयलाई १ हजार नगद र प्रमाणपत्र द्धारा सम्मानित गर्ने छन् ।
थारु समुदायको आफ्नै भाषा, संस्कृति र पहिरनको उत्थान, हकहित र संरक्षणको उद्धेश्यसहित विक्रम सम्बत २००५ सालमा थारु काल्याणकारिणी सभा (थाकस) विधिवतरुपमा दर्ता भएको थियो । आफ्नो स्थापना कालदेखी नै थाकसले समुदाय उत्थानका विविध गतिविधि गर्दै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]