विराटनगर, कार्तिक १८ गते । हमर संस्कृति, हमर पहिचान, थारुके एकता आजुके आवश्यकता, थारुके एकता हमर सियाके प्रतिबद्धताका साथ थारु कल्याणकारणी सभा (थाकस) विराटनगर महानगरपालिका कार्यसमितिले महान चाड वडा दशैं, गोठाले, दिपावली (शुखरात) तथा छठ पर्वको शुभ उपलक्ष्यमा गरिएको ५ किलो मिटर दौड प्रतियोगितामा महिला तर्फ नम्रता माझी र पुरुष तर्फ माझी प्रथम भएका छन् ।
त्यसैगरी महिलो तर्फ दोस्रो स्थान सुजिता माझी र तेस्रो स्थान पूजा माझीले हात पारेको छ भने पुरुष तर्फ दोस्रो स्थान फ्रान्स माझी र तेस्रो स्थान यूवराज माझीले हात पारेका छन् । उनीहरुलाई थाकसले प्रमाण पत्र सहित प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार नगद प्रदान गरिएको थियो । प्रतियोगितामा थारु समुदायका १६ बर्षदेखी ३० वर्ष उमेर समुहका थारु युवायुवतीहरुले भाग लिएका थिए ।
थारु समुदायबाट एसईई र स्नातक तह उतीर्ण गर्ने मेधावी विद्यार्थी लाई पुरस्कार र सम्मान वितरण, मोरङ जिल्लाका थारु राष्ट्र सेवक बहालवाला र पूर्वकर्मचारी सहित बैंक, बित्तिय संस्था, प्राध्यापक, शिक्षक, ईन्जीनियर, डाक्टर, थारु साहित्यकार, लेखक, खेलाडी, व्यापारी सहित दिवंगत भएका अभियन्ताहरु, मोरङका पूर्व सभापतिहरु लगायत करीब २ सय ५० जनालाई कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री माननीय डिगवहादुर लिम्बुद्धारा सम्मान गरिएको थियो ।
थारु समुदायको आफ्नै भाषा, संस्कृति र पहिरनको उत्थान, हकहित र संरक्षणको उद्धेश्यसहित विक्रम सम्बत २००५ सालमा थारु काल्याणकारिणी सभा (थाकस) विधिवतरुपमा दर्ता भएको थियो । आफ्नो स्थापना कालदेखी नै थाकसले समुदाय उत्थानका विविध गतिविधि गर्दै आएको छ ।
थाकसको शुभकामना अदान प्रदान कार्यक्रममा थारु समुदायका युवा युवतीहरुले नृत्य प्रस्तुत गरको थिए । सो कार्यक्रम थाकस विराटनगरम हानगर कार्य समिति सभापति विद्यानन्द माझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]