विराटनगर, मंसिर २० गते । विराटनगर महानगरपालिका वडा नं. ७ सात घुम्ती स्थित कवाडी पसलमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
कवाडी पसलमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक समेतको टोली खटी गएको, उक्त आगलागीबाट देहाय बमोजिम उल्लेखित २ जनाको मृत्यु र ४ जना घाईते भएको हो ।
आगलागीबाट मृत्यु हुनेमा विराटनगर–६ को ४० वर्षिय दिपक मण्डल रहेको छ भने एक जनाको पहिचान खुल्न सकेको छैन । घाईतेहरु मध्ये २ जनाको अवस्था गम्भिर रहेको विराटनगर–६ की ६५ वर्षिय शुशिला पासवानको जिउ र हात खुट्टा जलेको र वर्ष ६० की रिता सरदारको समेत जिउ र हात खुट्टा जलेकालाई थप उपचारको लागी जलनको गाम्भिर्यता, संलग्न चिकित्सकहरुको राय अनुसार तत्काल किर्तिपुर स्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाईएको छ ।
मध्यम रहेको बिराटनगर –६ बस्ने ५८ को किशोर पासवान, दुबै घुँडा मुनी जलेको छ भने मोरङ कटहरी नपा ६ बस्ने अं.बर्ष ३० की पिङ्की कामत, खुट्टामा जली घाईते भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]