विराटनगर, माघ ९ गते । हिसानको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र नाराका साथ माघ १० गते देखि १६ गते सम्म हुने हिसान मोरंग स्पोटर््स मीट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।
हिसान मोरंग स्पोर्ट्स मीट सम्वन्धमा नेपाल पत्रकार महासंघ मोरंगको सभा हलमा पत्रकार सम्मेलन गरी प्रतियोगितको सम्पूर्ण तयारी पुरा भएको हिसान मोरंग अध्यक्ष अमित ढकालले वताए ।
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ र सार्वभौमिकताको रक्षा गर्नसक्ने देशभक्त नागरिक उत्पादन गर्न, धुम्रपान, मद्यपान तथा लागुपदार्थको कुलतबाट युवाहरुलाई बचाइ राष्ट्रियस्तरका खेलाडीहरु तयार गरी हिसानको मात्रै नभई देशकै नाम संसारभर चिनाउने महान उदेश्य राखि बि स २०६५ सालमा नेपालमै पहिलो पटिक बिराटनगर मोरङमा रमपम हिसान स्पोर्ट्स मीट विभिन्न अवरोधको बाबजुद पनि फूटबल र क्रिकेट प्रतियोगिता आयोजना गरि शुरु गरिएको ढकालले वताए ।
हिसान मोरङ्ले साबिककम सन्चालन गर्दै आएको खेलको अतिरिक्त महिला फूटबल र कबडी खेलको पनि थप गरी हिसान मोरङले महिला फूटबल प्रतिस्पर्धा गराएर अर्को एउटा नयाँ गर्बिलो इतिहास रचेको ढकालले वताए ।
मोरङ हिसान स्पोर्ट्स मिट्मा महिला र पुरुष फूटबल, पुरुष तथा महिला भलिबल, पुरुष क्रिकेट, पुरुष बास्केटबल, पुरुष कबडि पुरुष एबम महिला टेबल टेनिस सिङल र डबल, लामो र छोटो दुरिको दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मोरंग जिल्ला भरीका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने लगभग २५ हजार विद्यार्थीहरु मध्येवाट आन्तरीक प्रतिस्पर्धावाट छनौट गरी उत्कृष्ट विद्यार्थीहरु वीच प्रतिस्पर्धा गराई सिगल र टिम इभेन्टमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पठाउने गरेका छन् ।
हिसान स्पोटर््स मिटमा फुटबल तर्फ २४ टिम सहभागी भएका हुने छन् जसमा बेस्ट स्कोरर, बेस्ट किपर र बेस्ट प्लेयरका साथै २२ वटा म्यान अफ द म्याच दिने तय भएको छ । त्यसैगरी २१ टिम सहभागी भएको भलिबल खेलमा बेस्ट स्पाइकर, रेजर, इसकर, सर्भर र डिफेन्सरका साथै १९ वटा म्यान÷वोमन अफ द म्याच दिने तय भएको छ । क्रिकेट खेलमा पनि बेस्ट बलर, बेस्ट ब्याट्स म्यान, र बेस्ट प्लेयरका साथै १३ वटा म्यान अफ द म्याच दिने तय भएको छ ।
हिसान मोरङ्से फूटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाइ ट्रफी र प्रमाणपत्र एबम खेलाडीलाइ मेडल र प्रमाणपत्रले सम्मान गर्दछ भने बास्केटबलमा प्रथमलाइ, लामो र छोटो दुरिको दौडका साथै टेबलटेनिसमा प्रथम, दोश्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुषलाइ ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गर्ने गर्दछ ।
क्रिकेट खेल बिराटनगर १९ स्थित क्रिकेट रंगशाला माघ १० गतेबाट शुरुहुने भएको छ भने फुटबल माघ १० गते दिनको १० बजे शाहीद रंगशालामा र भलिबल, कबडि, बास्केटबल माघ १० बिहानको ०९ः३० बजे बाट डि पि एस स्कुलमा सुरु हुने भएको छ । साथै टेबलटेनिस कवर्ड हलमा हुने पनि निश्चय भएको छ । फाइनल खेल र समापन कार्यक्रम माघ १६ गते सहिद दिवसको दिन सहिद रंगशालामा सम्पन्न गर्ने तय गरिएको छ । हिसान स्पोर्टस मीट्को अनुमानित खर्च रु. २५ लाख हुने प्रक्षेपण गरिएको छ । जसको ब्याबस्थापन आन्तरिक श्रोतबाट नै गरिने भएको ढकालको भनाई छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]