राजेश कुमार राजवंशी
विराटनगर,फागुन, १६ गते । रोटरी क्लब अफ बिराटनगर फ्युजनले फागुन १९  गते शनिबारको दिन पाचौं  संस्करणको साईक्लोथन (साईकल रेस) आदर्श उच्च माविकाे प्रागणवाट शुरू गर्ने भएको छ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ बिराटनगर फ्युजनको अध्यक्ष बिकास राठिले पाचौं  संस्करणको साईक्लोथनबारे जानकारी गराएकाे हो। राम्रो स्वास्थ्य प्रवर्द्धन, शहर वरिपरि हरियाली फैलाउनु र शिक्षाको लागि कोष जुटाउने उदेश्यले आयोजना गरेको साईकल रेसमा देश भरिबाट ३ सय साईकल प्रेमीहरूकाे सहभागिता हुने राठी वताए ।
साईकलले मानिसको स्वास्थ्य राम्रो हुनुको साथै बातावरण पनि प्रादुषन मुक्त  हुने भएकोले यसको प्रवर्द्धन गर्ने र उक्त कार्यक्रमबाट उठेको रकमले बिराटनगर-१२ मा रहेको जनता बाल कल्याण आधारभूत बिद्यालयमा स्तर उन्नतिको लागि सहयोग गर्ने उदेश्यले साईक्लोथन आयोजना गर्न लागेको राठिले बताए ।
१९ किलो मिटरको रेस शनिबार बिहान ६ बजे सुरु हुने छ। उक्त रेसमा एलिट ओपनमा जोकोहिले पनि भाग लिन पाउने छ । यसको रजिस्टेसन २ हजार १ हजार र ५०० तोकिएको छ।
एलिट ओपन तर्फ प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई१५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी गियर साइकल रेसको पुरुष तर्फ प्रथम हुनेलाई २० हजार , दोस्रो हुनेलाई १५ र तेस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र पाउने छ्न। महिला तर्फ पनि प्रथम हुनेलाई २० हजार , दोस्रो हुनेलाई १५ र तेस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसै गरि ननगियर महिला पुरुष दुबै तर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहिद प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसै गरि यश वर्ष १० देखि १३ वर्षको बच्चाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले ४ किलो मिटर साईकल रेसको आयोजना गर्ने भएकाे छ । बच्चाहरुलाई ट्रफी प्रदान गर्ने राठीले वताए
आयोजकले सबै सहभागीहरुलाई टिसर्ट , खाजा, मेडल दिने छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]