रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ
अमित ठाकुर
रौतहट, चैत २ गते । राैतहटकाे पराेहा नगरपालिकामा संचालन रहेकाे शिव मनि ट्रान्सफरमा गाेली चलाएर लुटपाट गर्ने तीन जना भारतीय पक्राउ परेका छन्।
रौतहटको परोहा नगरपालिका-९ स्थित संचालनमा रहेको शिव मनि ट्रान्सफरमा ३ जना भारतीय युवाले लुटपाट गर्ने मनसायले संचालक माथी गाेली प्रहार गरी लुटपाट गरी फरार हुँदै गरेको अवस्थामा शस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरिएको हो। भारतीय लुटेरा समुहले मनि ट्रान्फसरका सञ्चालकको टाउकोमा गोली प्रहार गरी लुटपाट गरिएको प्रहरीले जनाएको छ।
तीन जनाको समूहमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराहरुले शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई गोली प्रहार गरी लुटपाट गरी फरार हुँदै गरेको अवस्थामा प्रहरीले हतियार सहित पक्राउ गरिएको हो ।
घटनामा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्।
घाइते संचालक साहलाई प्रादेशिक अस्पताल गौरमा उपचार गराई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। भने पक्राउ परेका ३ जना भारतीय लुटेरा समूह माथि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]