विराटनगर, चैत १० गते । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले होलीको अवसर पारेर प्रेस मञ्च नेपालले गरेको होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै होली पर्वलाई सभ्य र भव्य रुपमा मनाउन सबैमा आग्रह गरेका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ मोरंग शाखाका कार्यवाहक अध्यक्ष तारा आर्चाय, प्रेस चौतारी मोरंगका अध्यक्ष सुदीप कोईराला, प्रेस यूनियन मोरंगका अध्यक्ष वेदराज पौडेल, प्रेस सन्टर मोरंगका अध्यक्ष अर्जुन आर्चाय, रेडियो नेपालका पत्रकार कुमोद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष मन्तलाल यादव, युवा नेता राकेश रोशन यादव, शुशील यादव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम प्रेस मञ्च नेपाल मोरंग अध्यक्ष मुकेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]