सुरेन्द्र मण्डल,
रंगेली, चैत १४ गते । ओस्कार अन्तराष्ट्रिय कलेजले नेपाल भरिका दश ठूलो शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै पहिलो कलेज विगत दुई दशकदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक तह अध्ययन गराउने कलेज हो ।
अभियान अन्तर्गत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका प्रमुख दश शहरहरुमा बिर्तामोड, बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरा संचालन हुने ओस्कार इन्टरनेसनल कलेज का प्रशासकीय प्रमुख नविन न्यौपानेले बताए ।
चैत १४ गते बिर्तामोड झापाबाट अभियानको शुरुवात भई चैत्र २५ गते पोखरामा समापन हुनेछ । प्लस टु सकेर स्तानातक तहमा अध्ययन गर्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरि एक शहरमा एक दिने कार्यशाला मार्फत सिनेमा सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी जानकारी गराउने छन् ।
कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइने छन् । कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा परिणत गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक राजाराम दाहालले बताए ।
कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ । भविष्यमा यूवा पुस्ता असल फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि पुस्तालाई लक्षित संचालन गरीएको अभियानले सिनेमा प्रति हुटहटी जगाउने आयोजकको अपेक्षा छ ।
सिनेमा विज्ञद्वारा विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षाका साथ नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद््देश्यले अभियान संचालन गरिएको भन्दै सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रमको खाँचो महसुस गरेर अभियान संचालन गर्न लागेको दहालले वताए ।
उक्त अभियान विराटनगरमा चैत्र १५ गते कृषि भवनको पछाडि रहेको एभरेस्ट सेकेण्डरी स्कूलमा ११ बजेदेखि सुरु भई ४ बजेसम्म संचालन हुने न्यौपानेले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]