काठमाण्डौं, जेठ १० गते । चुरे दोहनको समस्य १२ बुद्धे समस्या लिएर मधेश प्रदेशको सप्तरी जिल्लादेखि पैदल यात्रा गरी २३ जनाको टोली २५ औं दिन काठमाण्डौ पुगेका छन् । उनीहरु वैशाख १७ देखि पैदलयात्रा शुरु गरेका थिए ।
चुरे पहान अतिक्रमण र ढुंगा गीट्टी निकालेर दोहन गरेपछि खानेपानीको स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवको भनाई छ ।
चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ । ‘त्यो जग्गा सबै फिर्ता भएर वास्तविक भूमिहीन पहिचान गर्नुप¥यो । त्यसबाहेक त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नु पर्ने टोलीको माग छ ।
पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् ।
अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिन हिँडेर काठमाडौं आएर सहमति गरेको तर सरकारले सहमति पालना नगरेपछि आफूहरु फेरि आन्दोलित हुनुपरेको यादवले बताए । काठमाण्डौ आईपुग्दा टोलीका साथीहरका खट्टा सुनिएको छ । ‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुप¥यो भन्ने हो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]