उदयपुर, जेष्ठ १४ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं. १–०५–००१ प २४६० नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भएसगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाईकल त्रियुगा नगरपालिका–११ इनार चोक स्थित वर्कशपमा मर्मत गर्ने क्रममा फेला पारीएको थियो ।
मोटरसाईकल चोरीमा संलग्न खोटाङ दिक्तेल मझुवागढी नगरपालिका–१७ का २६ बर्षीय अर्जुन प्रधानलाई नियन्त्रणमा लिएको हो । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका प्रधानको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]