विराटनगर, अषाढ २५ गते । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा फेको प्रविधिवाट मातियाबिन्दुका शाल्यक्रिया शुरु भएको छ ।
कोशी अस्पतालमा आँखा सम्बन्धि ओपिडी मात्र संचालन हुँदै आएको थियो । पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया आज देखि शुरु गरिएकोा हो ।
मोरङको ग्रामथान गाउँपालिका ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले रेग्मीको सफल उपचार गरेका हुन् ।
लामो समयदेखि रेग्मी साझ परेपछि आँखा नदेख्ने समस्यामा परेका थिए । त्यसपछि उनी कोशी अस्पतालको ओपीडिमा आएका थिए । चिकित्सकको टिमले शल्यक्रिया गरिनुपर्ने सुझाब दिएपछि उनको सफल शल्यक्रिया भएको छ ।
कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा. आस्मा केसी र डा. प्रविकण कुमार यादव सहितको ६ जनाकोे टिमले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । उपचरामा संलग्न चिकित्सक यादवले भने, ‘मंगलबार दुई जना विरामीको आँखाको सफल शल्यक्रिया भएको छ ।’
कोशी अस्पतालमा आँखा रोगसम्बन्धी सम्पूर्ण उपचार हुने मेसु डा. रविराज सिंहले बताए । अत्याधुनिक उपकरणहरुबाट विशेषज्ञ चिकित्सकको टिमले कोशी अस्पतालमा आँखा सम्बन्धी रोगको सफल उपचार शुरु भएको उनले बताए ।
कोशीमा अहिले मोतियाबिन्दु, आँखामा मासु पलाएको लागयतका रोगको शल्यक्रिया हुने गरेको छ । कोशी अस्पतालको आँखा विभागको ओपीडिमा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]