विराटनगर, भदौ २२ गते । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–९ ठाकुरवाडी मार्गमा धार्मिक एवं सांस्कृतिक विधीविधान पुर्वक श्री गणपति महोत्सव शुरू भएको छ ।
उक्त महोत्सवमा श्री गणेश पूजन भाद्र २२ गते शनिवारदेखि २७ गते विहीवारसम्म बिहान ७ बजेदेखि, भजन कीर्तन साँझ ४ बजेदेखि, दिप यज्ञ तथा महा आरती, भजन किर्तन हुने भएको छ ।
महोत्सवमा स–परिवार बन्धुबान्धव सहित उपस्थित भई पुण्य लाभ उठाउन आयोजक समितिले हार्दिक अनुरोध गरेका छन ।
त्यसैगरी शोभायात्रा तथा विसर्जन भाद्र २७ गते विहीवार साँझ ४ बजे हुनेछ । शोभायात्रा श्री रामजानकी मन्दिर अगाडि, ठाकुरबाडी रोडवाट शुरू हुनेछ ।
सो यात्रा श्री पञ्चमुखी हनुमान मन्दिर, महेन्द्र चौक, महावीर चौक, महावीर रोड, श्री काली मन्दिर, श्री सत्यनारायण मन्दिर हुँदै तिनपैनी चौकबाट श्री हनुमान मन्दिर छेउ सिंधिया नदीमा विसर्जन गरिने कुरा आायोजक समितिका महासचिव बैजनाथ कुमार गुप्ताले वताए ।
श्री गणपति महोत्सव विगत २०६४ सालदेखि निरन्तर रूपमा हुदै आएका छन । उक्त महोत्सवमा विभिन्न संघ संस्था लगायत नागरिक समाज, बुद्धिजीवी लगायतको सहयोग रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]