विराटनगर, कार्तिक १० गते । तेली कल्याण समाज नेपालको भातृ संगठन जिल्ला शिक्षा समिति मोरंगद्वारा विद्यार्थी सम्मान तथा शुभदीपावली र छठ पर्वको अवसर पारेर ८ शिक्षक सहित ६५ विद्यार्थीहरूलाई सम्मान गरेका छन ।
‘आफ्नो कुल बंशको गरिमा कायम राख्न जातिय पहिचानको संरक्षण गरौं’ मुल नाराका साथ समाजले विद्यार्थी सम्मान तथा शुभदीपावली र छठ पूजाको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा सो सम्मान गरेको हो ।
काक्षा १२ उतिर्ण गरेका मध्ये उत्कृष्ट हरि कुमार साह र शिवानी साह, एइइ उतिर्ण गरेका मध्ये उत्कृष्ट यासिका कुमारी साह र आनन्द कुमार साहलाई फूलमाला, खादा, लगाएर नगद, डायरी, र कलमले प्रमुख तेली कल्याण समाज नेपाल, मोरंगका अध्यक्ष डाक्टर बालकृष्ण सालेसम्मान गरेका थिए । सोही अवसरमा अन्य समाजका ६५ जना विद्यार्थीहरुलाई फूलमाला, खादा लगाई डायरी र कलमले सम्मान गर्नुका साथै ८ जना शिक्षकलाई सम्ममेत प्रमुख अतिथि साहले सम्मान गरेको थिए ।


प्रमुख अतिथिले सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै भने समाज अहिले पनि शैक्षिक स्तर कमजोर भएकोले शैक्षिक स्तरलाई बढाउन ध्यान दिनु पर्ने भन्दै नेपालमा बसोवास गरेका तेली जातीहरु एक भएर राजनीतिक अधिकार खोज्नु पर्ने वताए । राजनीतिक अधिकार पाए पात्र हाम्रो राज्यमा सहभागीता हुने त्यसको लागि तेली समाज एक भएर अगाडि वढ्नु पर्ने धारण राखेका थिए ।
त्यसैगरी विशिष्ठ अतिथि मोरंग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले समाजका पढे लेखेका अगुवा युवा वर्ग विदेशीन लागेकामा चिन्ता प्रकट गर्दै यूवाहरुलाई विदेश जानवाट रोक्न देशले रोजगारीको सृजना गर्नु पर्ने भन्दै तेली समाजमा शैक्षिक स्तर वढाउनु, महिला शिक्षामा जोड दिन र समाजमा भएका कुरीतीहरुको अन्त्य गर्नका लागि समाज अगाडी बढ्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा मोरंग जिल्ला भरिका तेली समाजका युवा, विद्याथी, शिक्षक, किसान, व्यपारी, लगायतको उल्लेख उपस्थिति रहेको थियो । सो कार्यक्रम जिल्ला शिक्षा समिति मोरंगका अध्यक्ष चन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]