विराटनगर, माघ २६ गते । अयोध्याको राम मन्दिर निर्माणमा पहिला इट्टा हाल्ने वा शिलान्यास गर्ने श्रीराम जन्मभूमि तीर्थ ट्रष्टको सदस्य कामेश्वर चौपालको निधन भएको छ ।
वहाँको पार्थिव शरीरलाई जन्म स्थान सुपौल जिल्लाको कमरैल लगिएको छ । अन्तिम संस्कार त्यही गरिएको छ । उनको छोरा विदानन्द विवेकले अग्नी दिएको थियो । दाहसंस्कारको वेला विहार सरकारको मन्त्री, उच्च पदाधिकारीहरुले श्रद्धाञ्जली अर्पन गरको थिए ।
चौपालको निधन प्रति भारतका प्रधान मन्त्री नरेन्द्र्र मोदी शोक व्यक्त गर्दै भने भाजपाको वरिष्ठ नेता र राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको सदस्य कामेश्वर चौमालको निधनले दुःख व्यक्त गरको छ ।
कामेश्व चौपालले ९ नवम्बर १९८९ को दिन अध्योध्या राम मन्दिरका पहलो इट्टा राखेको थियो । त्यो वेलाको एतिहासकि घटना थियो । चौपाल विश्व हिन्दु परिषदको सह संगठन मन्त्रीको रुपमा सक्रिय रहको थियो । पछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको सदस्य बनेको थियो।
उनको जन्म २४ अप्रेल १९५६ मा विहारको सुपौल जिल्लाको कमरैल गाउँमा भएको थियो । उनले जेएन कलेज, मधुवानीवाट स्नातक र मिथिला विश्वविद्यालय, दरभंगावाट एमएको डिग्री प्राप्त गरको थियो । राजनीतिक जीवनमा उनले सक्रिय भूमिका निर्वाह गर्दै सन २००२ र २०१४ सम्म विहार विधान परिषदको सदस्य रहको थियो ।
उनको निधनले राम मन्दिर आन्दोलन र भारतीय राजनीतिको एक महत्वपूण अध्याय समाप्त भएको छ । चौपालको अन्तिम दर्शनको लागि मन्त्री निरज सिंह बबलु, र उर्जा मन्त्री विजेन्द्र्र प्रसाद यादव, विहार अध्यक्ष डां दिलीप जयसवाल सामेल भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]