विराटनगर, चैत २१ गते । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको भगवान शिव पुत्र विघ्न विनाशक, लम्बोदर भगवान गणेश मन्दिरको छेउमा रहेको जेष्ष्ठ नागरिक पार्कलाई गणेश मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सदस्य लगायत टोलवासीले सरसफाई गरेका छन् ।
पार्क भित्र लगाईको रुख, विरुवाहरु झागिएर अव्यवस्थित जस्तो देखिएकोले टोलबासी मिलेर रुखको हाँगा विगा छाट्ने, जंगल झारहरु उखेलेर सरसफाई गर्नुका साथै मन्दिरको पनि चारै तिर सरसफाई गरेका छन् । सरसफाइ भई सकेकाले अव टोलबासीले विहान वेलुकी पार्कमा गएर व्यायाम गर्नुका साथै हिलडोल गर्ने सकिने, बसेर थकान मार्न गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार थापाले वताउनु भयो ।


चारैतिर कम्पाउण्डवाल लगाएको पार्क भित्र विराटनगर वडा नं. ८ का अध्यक्ष राम पोखरेलको सक्रियतामा चारैतिर घुम्न टाइन्स लगाएको छ भने व्यायामको लागि विभिन्न खाले मेशीनहरु जडान गरिएको छ । अझै पार्क भित्र चौतारा बनाउने, सौन्दरीकरणको लागि फुल विरुवा लगाउने, मन्दिरको वरपर सौन्दरीकरणको लागि लाईटहरु लगाउने अध्यक्ष पोखरेले प्रतिवद्धता जनाउनु भएकोछ ।
उक्त सरसफाई कार्यक्रममा टोलका बुद्धिजीवी, शिक्षक, डाक्टर, इन्जिनियर, पत्रकार जेष्ठ नागरिक लगायतका सहभागिता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]