विराटनगर, फागुन २० गते । मोरङको बिराटनगर–१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १९ गते सोमवारका दिन लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत बिहार अररियाका २८ बर्षीय अर्जुन मल्लिक, बिराटनगर–१७ का १९ बर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका–३ का ४० बर्षीय नबिन तामाङलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ४० ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]