विराटनगर, बैशाख २० गते । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर नेपाल पत्रकार महासंघले २ जना पत्रकारलाई पुरस्कृत र १ जनालाई सम्मानित गरेका छन् ।
पत्रकार महासंघ मोरङले षष्ठीका बस्नेत सूचनाको हक पुरस्कारबाट पत्रकार किशोर बुढाथोकीलाई १ लाख १ हजार राशिको पुरस्कृत गरेका छन् । अर्को सूचनाको हक सम्बन्धी प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी २ दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हक अधिकारको प्रयोग गरी प्रदेश सरकार एवं यस अन्तर्गतका कर्मचारीहरुमा सुशासन एवं पारदर्शीता कायम गर्ने कार्यमा पत्रकारहरुले योगदान पु¥याएको भन्दै सत्यतथ्य विवरण सहितको सूचना आम जनता समक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरुले कमलको माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत , बालबाल विवाह, महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए । उक्त अवसरमा पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासंघ केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्व प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले सर्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहँचमा पुरस्कारले सहयोग प¥याएको वताएका थिए ।
सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवर्धन, नागरिक जागरण र प्रचार–प्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो ।
यसवर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण समारोह राखिएको थियो । तर, राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बन्यो । जसका कारण पुरस्कार वितरण कार्यक्रम सरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]