विराटनगर । झारफूक गरी बच्चाको जन्म हुन्छ भन्दै एक महिलालाई जवरजसती करणी गर्ने उद्योगमा एक जनालाई प्रहरीले पत्राउ गरेको छ ।
घटनाको विवरण अनुसार पाँचवर्ष पहिले एक जोडीको विवाह भएको थियो । तर ती दम्पतीवाट बालवच्चाको जाय जन्म नभएपछि गाउँघरका धामी÷झार्कीको काम गर्ने वौना राम भन्ने चन्देश्वर राम चमारले झारफूक गरेपछि सन्तान प्रप्ती हुन्छ भनी सुनेर दम्पती झाकरीको घरमा पुगेका थिए ।
जिल्ला मोरङ बिराटनगर महानगरपालीका वडा न.१८ जाहेरवालीको आफनो घर कोठामा रहेको पुजा कोठामा असोज २४ गते बेलुका बोलाई रातभर धामीले झारफुक गरेर असोज २५ गते बिहानको राती झरफुक गर्ने वौना राम भन्ने चन्देश्वर राम चमार झारफुक गर्ने बाहानामा जाहेरवाली एक्कलै भएको मौका छोपीे साडी खोली जबरजस्ती करणी गर्न खोजेको जाहेरवालीको श्रीमान् आफै देखेका थिए ।
जाहेरवालीले जबरजस्ती करणीको उद्योग गरेको मेरो श्रीमानले देखेको हुँदा कानुन बमोजिम कारवाही सजाय गरी पाउ भनी असोज ३१ गते जाहेरी दर्ता गराएपछि झारफुक गर्ने वौना राम भन्ने चन्देश्वर राम चमारलाई कार्तिक १ गते पक्राउ गरी जबरजस्ती करणीमा अदालतवाट म्याद थप गराई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]