शैलेश न्यौपाने
विराटनगर, भाद्र ७ गते । आज र भोलि ८ गते सोमबार दुईदिन पुत्रदा एकादशी पर्न गएको छ ।
भोली वैष्णवहरुले व्रत लिनेे दिन हो फलत केहीले आज व्रत बसेका छन् । त्यसैले गर्दा आज श्रावण शुक्ल पक्षमा पर्ने एकादशी ” पुत्रदा एकादशी” नै हो । आजको कथा महात्त्मयका बारे राजन युधिष्ठिरको कौतुलतालाई चिर्दै भगवान श्रीकृष्णले आज्ञा गर्छन कि “भद्रावती नामको नगरीमा धर्मात्त्मा राजा सुकेतुमान नामका राजा राज्य गर्थे” , जो प्रजालाई पुत्र समान पाँलन गर्दथे । उनि आफै पुत्रहिन हुनाले स्वंयम दुखीत थिए ।
निसंतान भएकाले उनि सधैं म मरेपछि मेरो पिंडदान कस्ले गर्ला, निसंतान म पितृ र देवताको ऋण कसरी तिर्नु ? आफ्नो शरीरको देहत्याग गर्ने विचार गर्छन फ़ेरि उनको मनले उनलाई देहत्याग त महापाप हो फ़ेरि त्यो विचार त्याग गर्छन, यस्तै मनमा चलेका नकारात्मक कुराहरु फ़ेरि सकारात्मक सोच बनाउदै भटकदै राजा जङ्गलतिर घोडा लिएर जान्छन ।
जंगलमा कोईरीको मधुर स्वर उल्लुको ध्वनी सुनेर देखेर यावतकुरा अशान्त मनमा खेलाउदै राजाको आधादिन त्यहि जंगलमा विताउँछन । भोकै र पानीको प्यासले पानी खोज्न जंगलमा भौतारीन थाल्छन । प्यासले तृप्त राजाले एउटा सरोवर देख्छन र त्यो सरोवरमा कमलको फुलको वरीपरी हास चराहरु विहार गरेको देखेर सरोवरकै वरिपरी ऋषिमुनिहरुको कुटि पनि संगै देख्छन ।
सरोवरमा उनले पानी खान खोज्दा ऋषिमुनिहरु नुहाएर निक्लन्दै गरेको देखेर दंडवत गर्दै झुकेर मुनिवर संघ प्रश्न गर्छन कि मुनिवर हजुरहरु आज यहाँ यतिका धेरै ऋषिमुनीहरु किन होला भनेर सोध्दछन ? मुनिहरुले राजाको प्रश्नको उत्तर दिदै पुत्रदा एकादशीको पुर्व सन्ध्यामा हामिहरु विश्वदेव र सरोवरको स्नानका हेतु आएको भन्छन ।
हामी हजुरले गरेको मानसम्मानले प्रसन्न भयौ भन्नु होस हजुरलाई हामी के वरदान दिउँ ? भन्दा राजाले आफ्नो सम्पुर्ण बृतान्त मुनिवरहरुलाई सुनाउँछन । साथै सन्तान प्राप्तिको आशिर्वाद पनि माग्छन , यसरी राजा भावविभोग भएको देखेर श्रेष्ठ तपस्वी ऋषिमुनीहरुले प्रजावत्सल राजालाई अव आउँने एकादशी पुत्रदा एकादशी हो हजुर लगायत रानीलाई पनि ब्रत लिन लाउनु भगवान बिष्णुको मुर्तिमा पुजा फल नैवेद चढायर रातभर जागराम बसेर द्वादशिका दिन नित्यक्रम गरी बाहुनलाई दान दक्षिणा गर्नु हजुरहरुले पुत्र अवश्य प्राप्त गर्नु हुनेछ भनेर निर्देशन गर्छन ।
पुत्र पाँउने वरदान समेत दिन्छन । ऋषि मुनिहरु बाट आशिर्वाद प्राप्त गरे पछि राजाले उनीहरु लाई प्रणाम गरी खुशीहुँदै ती निकलन्छन । राजाले ऋषिमुनीहरुकै निर्देशन बमोजिम सम्पुर्ण ब्रत नियमानुसार गर्छ्न जसको प्रतापले राजाले तेजस्वी पुत्र पाँउछन भन्ने कथा आउँछ ।
“भगवान कृष्णले महाराज युधीष्ठीरलाई भन्नुहुन्छ” हे वत्स आज व्रत लिने भक्तले व्रतको कथा जरुर सुन्नु पर्छ ,यो गरे पश्चात व्रत पुर्ण हुन्छ र पुत्र अवश्य प्राप्त हुन्छ । “जो मनुष्यले यो कथा सुन्ने र सुनाउँनाले मात्र पनि ती भक्तजनहरु लाई भगवान श्रीहरी विष्णुको कृपा र मोक्ष प्राप्त गर्छन भन्ने कुरा पुराण र एकादशी का कथामा उल्लेखित छ “।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]