
विराटनगर, असाेज १० गते । महाेत्तरी जिल्ला भंगहा नगरपालिका वडा नं. ६ काे २४ वर्षिय विवेक सरदारको हत्यामा संलग्न दाेषीलाई अविलम्ब पक्राउ गरि कारवाही गर्न बाँतर समुदायको अगुवाहरूले माग गरेका छन् ।
अशाेक सरदार र आमा कुलदेवि सरदारकाे छोरा विवेक सरदारको गत भदौ २६ गते महोत्तरी जिल्लाकै बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो ।
उक्त घटना प्रति नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समिति लगायत देशैभरीका बाँतर जातिका अगुवाहरु दोषीलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् ।
विवेक सरदारको घटनका दोषी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अशोक ठाकुर सहित उनको परिवारले नै विवेकको हत्या गरी शव सेफ्टीट्यांकीमा लुकाएको खुलेको छ । विवेक र आफ्नी बुहारी सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अशोकको परिवारले घरमै बोलाएर विवेकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलुकाे छ ।
वैदेशिक रोजगारीमा रहेका सोनुको श्रीमान् जितेन्द्र ठाकुरलाई उनको परिवारले नेपाल झिकाई जितेन्द्र गुपचुप रुपमा वैदेशिक रोजागरीबाट घर फर्किएपछि योजनाबद्ध रूपमा फोन गरी घरमै बोलाएर विवेकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोहतरीको अनुसन्धानले प्रष्ट गरेको छ ।
उक्त घटनामा संलग्न भई फरार रहेको दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न मृतक सरदारका बुबा अशोक सरदारले माग गरेका छन् ।
विवेकको हत्या प्रकरणमा फरार रहेका सोनुको श्रीमान् जितेन्द्र ठाकुरलाई ततकाल पक्राउ गरी कारबाही गर्न नेपाल बाँतर सरदार समाज कल्याणकरी केन्द्रीय समितिका सहअध्यक्ष सुभाष सरदारको नेतृत्वमा वरिष्ठउपाधयक्ष चन्द्रेश्वर सरदार, उपाध्यक्ष दिलीप सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदार, केन्द्रीय सदस्यहरु फेकनलाल सरदार, लक्ष्मी सरदार, लालवीर सरदार, अमृता सरदार, सुरेश सरदार, मोरङ जिल्लाका वरिष्ठ उपाध्यक्ष शिवकुमार सरदार,(सितु) लगायत पिडीत परिवारका दिलीप सरदार, अशोक सरदारलगायतको टोलीले टोलीले असोज ६ गते मंगलवार प्रमुख साहयक जिल्ला अधिकारी संजय कुमार पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । तर जितेन्द्रलाई प्रहरी पक्राउ गर्न सकेको छैन् ।
कसैको व्यक्तीगत सम्बन्ध वा सामाजिक विवादका कारणले मानिसको ज्यान लिने अधिकार कसैसंग छैन् । यस घटनाको निश्पक्ष छानबिन गरी घटनामा संलग्न दाेषीलाई कारवाही गर्न नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिले जोडदार माग गरेको सहध्यक्ष सुभाष सरदारको भनाई छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रष्टभएको घटनाका दोषीहरुलाई सम्बन्धित निकायले पक्राउ गरि कारबाही गर्न सकेन भने पिडीतलाई न्याय दिलाउन देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडी असोज २६ गते शान्तिपूर्ण विरोधका कार्यक्रम गर्ने सरदार समुदायले सरकारलाई चेतावनी दिएका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसंग जिज्ञासा राख्दा उहाँले फरार रहेको दोषी जितेन्द्र ठाकुरलाई पक्राउ गर्न सरकारको सवै सम्यनत्रहरु लागेको छ । सकभर छिटो पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गरेका छन् ।
मृतक विवेक सरदारको घटनाले यतिवेला मानव अधिकार, नेपाली नागरीक लगायत सवै सरोकारवालाको चासोको विषय बनेको छ ।
घटनाको छानविन गरेर दोषी ठाकुरलाई पक्राउ गर्न कुनै पनि कमि हुन नदिने प्रमुख जिल्ला अधिकारी यादवले असवासन दिएका छन् । मृतक सरदार भदौ १५ गते करीब १२ वजे घरदेखि निष्केका थिए । उनको मोबाई दिउसो २ वजेपछि स्विच अफ भएकाे थियो । उनको परिवारले खोज तलास गर्न थालेपछि ११ दिनपछि प्रहरीले गत (भदौ) २६ गते महोत्तरी जिल्लाकै बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो । मृतक सरदार विवाहीत थिए ।
अहिले विवेको हत्या प्रकरणमा अशोक ठाकुर, रामकली ठाकुर, सोनु ठाकुर सहित ४ जना पक्राउ परेका छन् । प्रमुख दोषी जितेन्द्र ठाकुर अझै फरार रहेको छ । फरार रहेका दोषी ठाकुरलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया बढाउन सरदार समुदायको माग छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]