विराटनगर, कार्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा मोरंग क्षेत्र नं. ६ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार लाल बाबु पंण्डितले सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाई कुन काम गरेको हो देखाउन चुनौती दिएको छ ।
पण्डितले सत्ता गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले सबै विकासको काम मैले गरेको भनेर मतदातालाई भ्रममा पार्न खोजेको आरोप लगाउँदै कुन काम गरेको हो देखाउन चुनौति दिएको हो ।
निर्वाचन प्रचारप्रसार क्रममा विराटनगर महानगर पालिका र बुढीगंगा गाउँपालिकाको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा सबभन्दा बढी बजेट यस निर्वाचन क्षेत्रमा ल्याउन पहल गरेको र बजेट पनि देशको अन्य निर्वाचन क्षेत्रभन्दा बढी ल्याएको दावी पण्डितले गरेका थिए ।


१० वर्षसम्म आफ्नो क्षेत्रका जनताको लागि केही गर्न नसक्नेले अरुले गरेको काम मैले गरेको भन्न लाज लागेन ? उनले प्रश्न गरे । निर्वाचन क्षेत्रको विकासमा आफूले बढी ध्यान दिएको बताउँदै पण्डितले कोइरालालाई गरेको काम देखाउन चुनौति दिएका हुन् ।
निर्वाचन प्रचारप्रसार क्रममा बुढीगंगा गाउँपालिकाको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा बढीभन्दा बढी बजेट यस निर्वाचन क्षेत्रमा ल्याउन पहल गरेको र बजेट पनि देशको अन्य निर्वाचन क्षेत्रभन्दा बढी ल्याएको दावी गरे ।
‘मोरङ निर्वाचन क्षेत्र नं. ६ मा अन्य ठाउँको भन्दा बढी बजेट आएको छ’, उनले भने, ‘क्षेत्रभित्र पनि बूढीगंगा गाउँपालिकामा धेरै बजेट ल्याएर विकासका कामहरू गर्न सफल भएको छु ।’ ‘अहिले प्रतिस्पर्धीले पनि मैले गरेको भनेर जनतालाई भ्रम छरिरहनुभएको छ’ उनले भने । पाँच वर्षको समयमा आपूmले गरेको काम देखाउन तयार रहेको भन्दै उनले कोइरालालाई १० वर्षमा गरेको एउटा काम देखाउन आग्रह गरेका थिए ।
आफ्नो क्षेत्रमा भएको विकासको काम कतिपय सकिएको र कतिपय सकिन बाँकी रहेकाले अपूरो काम पूरा गर्नको लागि उम्मेदवारी दिएको बताए । ‘अंश र वंशको रुपमा मैले भोट मागेको छैन’, उनले भने, ‘अरुले गरेको काम मैल गरेको नी भनेको छैन, जे गरेको छु त्यो भनेको छु, गर्न बाँकी काम पनि भनेको छु । जनतालाई भ्रम छर्ने काम मैले गरेको छैन् र गर्दिन पनि ।’
राम्रो विकासको काम गर्दा गर्दै पनि जनताको चित्त बुझाउन नसक्नुलाई आफूले सामान्य रुपमा लिएको बताए । जनताको गुनासो र सुझावलाई आगामी दिनमा सम्बोधन गर्दै त्यसलाई थप परिस्कृत र सुधार गरेर जानेमा उनले जोड दिए ।
निर्वाचनमा परिणाम आफ्नो पक्षमा आउने कुरामा कुनै शंका नरहेको पण्डितले बताए । तराई–मधेश समृद्धि कार्यक्रम पहिलोपटक डिजाइन गरेर आफूले ल्याउन सफल भएकोले त्यसको आधारमा अहिले जातिगत र क्षेत्रगतरूपमा सामुदायिक भवन, झोलुङ्गेपुल र सडक पूर्वाधार निर्माणको काम धेरै गर्न सफल भएको पनि पण्डितले बताए ।
त्यसैगरी ६ (क) की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपानेले एमालेले गरेको विकास देखेर प्रतिस्पर्धी डराउन थालेको बताइन् । सत्तामा पुग्ने तर, काम केही नगर्नेहरु अहिले एमालेका जनप्रतिनिधिले गरेको काम आफूले गरेको भन्दै हिँड्नु कत्तिको जायज हो ? उनले प्रश्न गरिन् ।


जनताले कस्ले कति काम गरेको छ भनेर बुझिसकेको उनले बताइन् । एमालेले विकासको सुरुवात गरेकाले विकासलाई पूर्णरुप दिन एमालेको सरकार नै आवश्यक रहेको उनको भनाइ छ । एमालेले जिते यो क्षेत्रको विकासले पूर्णता पाउने पनि उनले बताइन् । विरोधीका कुरा नसुनी कस्ले कति गर्यो भनेर लेखाजोा गर्न उनले जनतालाई आग्रह पनि गरिन् ।
त्यसैगरी ६(२) का प्रदेशसभा तर्फ नेकपा (एमाले)का उम्मेदवार परशुराम बस्नेतले भने विकास र समृद्धिको लाग नेकपा एमालेको बहुमतका सरकार आवश्यक भएकोले नेकपा एमालेलाई विजय गराउने कामम तपाई आम मतदातको काँधमा आएको छ भने निर्वाचित भएपछि यसक्षत्रेको विकास निर्माणको कार्य गर्ने हाम्रो काम भएको प्रतिवद्धता जनाएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]