विराटनगर, श्रावण १७ गते । झापाको कनकाई नगरपालिका-२ स्थितबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित २ भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउनलाई पक्राउ गरेकाे थिया ।
उनीहरूका साथबाट ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल वरामद गरेकाे थियो ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]