विराटनगर, पौष १७ गते । भारतीय नोट सहित एकजाना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ दक्षिण गेट स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. वडा नं.९ जुट विकास बस्ने बर्ष २५ को लुकास राजवंशीलाई पक्राउ गिरेको हो ।
राजवंशीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट भारतीय नोट रु. ५०० का दरको ४० थान जम्मा २० हजार फेला परेको हुँदा निज राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]